स्याङ्जामा २ वडामा कांग्रेस विजयी : फेदिखोला- ५ मा डिल र हरिनास-१ मा इन्द्र विजयी

स्याङ्जामा २ वडामा कांग्रेस विजयी : फेदिखोला- ५ मा डिल र हरिनास-१ मा इन्द्र विजयी

स्याङ्जा : स्याङ्जाको फेदीखोला गाउँपालिका- ५ बागेमा नेपाली कांग्रेसका डिलबहादुर गुरुङ विजयी भएका छन्। आफ्ना प्रतिस्पर्धीलाई ४१ मतान्तररले गुरुङ विजयी भएका हुन्।

गुरुङले ४ सय मत प्राप्त गरेर विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी एमालेका चेतनदास शर्माले ३ सय ५९ मत प्राप्त गरे।
यस्तै अन्य सदस्यमा कांग्रेसकाबाट महिला सदस्यमा पार्वती क्षेत्री, खुल्ला सदस्यमा कमल लामिछाने क्षेत्री, थमनबहादुर गुरुङ बिजयी भए। यो सँगै अध्यक्षसहित ४ सदस्य कांग्रेसको र एक सदस्यमा एमाले विजयी भएको हो। दलित महिला सदस्यमा भने नेकपा एमालेबाट कौशिला परियार विजयी भएको निर्वाचन अधिकृत विनोद पौडेलले जानकारी दिए।

यसैगरी, हरिनास गाउँपालिका- १ मा पनि नेपाली काँग्रेसका ईन्द्रबहादुर गुरुङ वडा अध्यक्षमा निर्वाचित भएका छन्। उनले ८ सय ४ मत ल्याउँदा उनका प्रतिस्पर्धी नेकपा एमालेका मिलनराज श्रेष्ठले ५ सय ४२ मत पाए। 

त्यस्तै सदस्यमा लक्ष्मी बिक, देवीमाया दर्जी, तेजबहादुर थापा र प्रेमबहादुर मानन्धर विजयी भएका हुन्। फेदिखोला र हरिनास गाउँपालिकामा कांग्रेस र माओवादीबीच गठबन्धन छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.