शेरबहादुर देउवाको वडामै कांग्रेस पराजीत
डडेलधुरा : नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको वडामा वीपी कांग्रेस विजयी भएको छ । गन्यापधुरा गाउँपालिका १ मा वीपी कांग्रेसका उम्मेदवार नरेश भण्डारी अध्यक्षमा निर्वाचित भएका हुन् ।
यो क्षेत्रमा कांग्रेस वीपी र नेकपा एमालेबीच चुनावी तालमेल भएको थियो । वडाध्यक्षमा निर्वाचित भण्डारीले ३५ मत अन्तरले जितेका हुन् । यस्तै, गन्यापधुरा ३ र ४, अमरगढी १ मा कांग्रेसले जितेको छ । प्रधानमन्त्री देउवाले असीग्राम मावी रुवाखोलाबाट मतदान गरेका थिए ।
आल्लिताल गाउँपालिकाको १ मा एमाले र परशुराम १ मा माओवादीले जित हाँसिल गरेको छ।
प्रतिक्रिया दिनुहोस !