जोशी कुटिएको मत केन्द्रको मतदान कार्य रद्ध, जेठ ४ गते पुनः मतदान

जोशी कुटिएको मत केन्द्रको मतदान कार्य रद्ध, जेठ ४ गते पुनः मतदान

तनहुँ : जिल्लाको व्यास नगरपालिका-८ रिस्ती अन्तर्गत गाविस भवन फेदीमा पुनः मतदान हुने भएको छ। शुक्रबार मतदानको क्रममा नेकपा एमालेको जोशी समूहको स्वतन्त्र उम्मेदवार दीपकराज जोशीमाथि कुटपिट भएको थियो।

घट्ना पश्चात् जोशी समूहले संयुक्त विज्ञप्ती जारी गरी मतदान रद्ध गर्न माग गरेको थियो। सोही अनुरुप निर्वाचन कार्यालयबाट (क) र (ख) दुवै मतदान केन्द्रमा भएको मतदान रद्ध गरी आउँदो जेठ ०४ गते बुधबार पुनः मतदान गर्न निर्देशन आएको मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र ढुङ्गानाले जानकारी दिए।

उनका अनुसार अगामी बुधबार विहान ७ बजेबाट अपराह्न ५ बजेसम्म मतदान हुनेछ। विवादित बनेको उक्त मतदान केन्द्रमा शुक्रबार ९२२ मत खसेको थियो।  

नेपाली कांग्रेसले एकलौटीरुपमा बुथ कब्जा गरेर मतदान गरेको जोशी समूहले आरोप लगाएको थियो। मेयरका उम्मेदवार जोशी मतदान केन्द्रमा प्रवेश गरी आवेगमा आई मतपत्र च्यात्न थालेपछि मतदाताले कुटपिट गरेको प्रहरीले जनाएको थियो।

टाउको र जिउमा चोट लागेका घाइते जोशीको अहिले काठमाण्डौस्थित फ्रन्टलाइन हस्पिटलमा उपचार भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.