भरतपुर महानगरमा ३ हजार ९७७ मतगणना : रेणु अग्र स्थानमै
चितवन : भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनकी मेयर उम्मेदवार रेणु दाहालको अग्रता कायमै रहेको छ। ३ हजार ९७७ मत गणना हुँदा दाहालले १ हजार ३७२ मत प्राप्त गरेकी छन्।
उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले १ हजार ३०५ मत प्राप्त गरेका छन्। रेणु र विजयको मतान्तर ६७ मतको रहेको छ। स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४७० मत प्राप्त गरेका छन्।
त्यसैगरी कांग्रेसको उपमेयर उम्मेदवार चित्रसेन अधिकारीले १ हजार ५४२ मत प्राप्त गरेका छन्। उनकी प्रतिद्वन्द्वी राप्रपाकी हिमला गुरुङले १०३५ मत प्राप्त गरेकी छन्।
प्रतिक्रिया दिनुहोस !