शेरबहादुर देउवाको पालिकामा अध्यक्ष, उपाध्यक्षसहित ४ वडामा कांग्रेसले जित
डडेल्धुरा : डडेल्धुरामा एक पालिकासहित नेपाली कांग्रेस ११ वडामा विजयी हुँदै अग्रस्थानमा रहेको छ ।
समाजवादी १, माओवादी २, कांग्रेस वीपी १, एमाले १ र स्वतन्त्र १ विजयी भएका छन् । ६ पालिकामा मतगणना जारी रहेको छ ।
समग्रमा जिल्लामा कांग्रेस अग्रस्थानमा रहेको छ। अमरगढीमा कांग्रेसभित्र विद्रोह गरी उम्मेदवारी दिएका वीपी कांग्रेस र एमालेको गठबन्धनले पछ्याइ रहेको छ ।
प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको पालिकामा कांग्रेसले अध्यक्ष, उपाध्यक्षसहित ४ वटा वडामा जित हाँसिल गरेको छ । देउवाको जन्मथलो रहेको वडा नं १ मा भने नेपाली कांग्रेस वीपीले प्यानलसहित विजयी भएको छ।
गन्यापधुरा गाउँपालिकाका अध्यक्षमा ईन्द्रबहादुर कार्कीले ३१८४ मत ल्याएर विजयी भएका छ्न् भने उपाध्यक्षमा ३०१३ मात प्राप्त गरि ज्ञानु सेठी विजयी भएका हुन् । तर, प्रधानमन्त्रीको वडामा भने विद्रोही कांग्रेसले जित हाँसिल गरेको छ ।
उक्त वडामा कांग्रेस वीपीका नरेश भण्डारीले जित हाँसिल गरेका छन् । भण्डारीले कांग्रेसका उमेदवारलाई झिनो मतान्तरले परायजय गराएका हुन । त्यसैगरी अमयमेरु गाउँपालिका वडा–१ र ६ को अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार प्यानलसहित विजयी भएका छन् ।
वडा नं. १ मा दत्ति भण्डारी निर्वाचित भएका हुन् । भण्डारी यसअघि पनि अध्यक्ष हुनुहुन्थ्यो । उनले ४सय२६ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृतको कार्यालय अजयमेरुले जानकारी दिएको छ । उनका प्रतिद्वन्द्वी कांग्रेस वीपीका उम्मेदवार तेज भण्डारीले २९६ मत मात्रै प्राप्त गरेका छन्।
वडा नं. ६ मा भने नेपाली कांगेसका युवा उम्मेदवार हरि भण्डारी निर्वाचित भएका छन् । उनले ७३४ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी माओवादीका उम्मेदवारले ३३६ मत मात्रै प्राप्त गरे। यसअघिको निर्वाचनमा यस वडाबाट नेकपा माओवादीका उम्मेदवार विजयी भएका छन्।
भित्रि मधेश क्षेत्रको आलिताल गाउँपालिका–२ मा पनि नेपाली कांग्रेसका उम्मेदवार प्रमोद मल्ल विजयी भएका छन् । उनले २८३ मत प्राप्त गरी विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी एमालेका उम्मेदवारले १३९ मत मात्रै प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय आलितालले जनाएको छ ।
त्यसैगरी अमरगढी नगरपालिका १ मा लोकबहादुर ऐर , २ मा हेमराज पन्त र ३ मा कांग्रेसकै तिर्थ ऐर विजयी भएका छन् । त्यसैगरी नवदुर्गा गाउँपालिका १ मा कांग्रेसका शेरबहादुर साउद, ३ मा माओवादीका भक्त कठायत र ५ मा समाजवादीका प्रेम ऐर विजयी भएका छन् ।
गन्यापधुरामा १ मा कांग्रेस वीपीका नरेश भण्डारी , २ मा कांग्रेसका मनोज देउवा, ३ मा चक्र देउवा , ४ मा नरेश भट्ट, ५ मा कांग्रेसका चन्द्रप्रसाद रोस्यारा विजयी भएका छन् ।
त्यसैगरी आलिताल गाउँपालिका १ मा ऐमालेका योगेन्द्र देउवा, २ मा कांग्रेसका प्रमोद मल्ल, ८ मा कांग्रेसका धनबहादुर देउवा विजयी भएका छन् भने परशुराम नगरपालिका १ मा माओवादीका लालबहादुर धामी , २ मा कांग्रेस का रमेश बोहरा , ३ मा कांग्रेसका नरेश खवास विजयी भएका छन् ।
भागेश्वर गाउँपालिका १ मा स्वतन्त्रका उम्मेदवार मणिकराज भट्ट विजयी भएका छन् ।
प्रतिक्रिया दिनुहोस !