म्याग्दीको मालिकामा एमाले विजयी

म्याग्दीको मालिकामा एमाले विजयी

बेनी : म्याग्दीको मालिका गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। अध्यक्षमा नेकपा एमालेका बेगप्रसाद गर्बुजाले तीन हजार ९१ मत र उपाध्यक्षमा एमालेकै लक्ष्मीदेवी पुनले तीन हजार १६७ मत ल्याएर विजयी भएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

अध्यक्षमा कांग्रेसका श्रीप्रसाद रोकाले दुई हजार ९७० र माओवादीका रेशमबहादुर जुग्जालीले दुई हजार २२५ मत पाए। उपाध्यक्षमा कांग्रेसकी पिपला बुढाथोकीले तीन हजार १३९ मत पाइन्।  

नेकपा एमालेको मालिका गाउँपालिका कमिटी अध्यक्ष रहेका गर्बुजा २०७४ को चुनावमा कांग्रेसका रोकासँग ८५ मतले पराजित भएका थिए। मालिका गाउँपालिका-७ को स्थायी बासिन्दा गर्बुजा किसानी प्राविधिक शिक्षालयको संस्थापक प्रमुख हुन्।  

मालिका–७ बिमको वडाध्यक्षमा एमालेका टकबहादुर पुनले ४२७ मत ल्याएर विजयी भएका छन्। पुनका प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का रुविन्द्र जुग्जालीले ३६९ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। गाउँपालिका अध्यक्षमा १२१, उपाध्यक्षमा २१ र वडा अध्यक्षमा ५८ मतान्तरले जितेका हुन्। 

वडा नम्बर ७ को वडा सदस्यमा एमालेका तिलकबहादुर जुग्जाली, हर्कमान जुग्जाली, रजनी रोका जुग्जाली र भिमसरा रसाइली विजयी भएका छन्। १३ हजार २०१ मतदाता रहेको मालिका गाउँपालिकामा ६७.७६ प्रतिशत अथवा आठ हजार ९४६ मत खसेको थियो। मालिकामा ३७ पदका लागि १४७ जना चुनामी मैदानमा उत्रिएका छन्। 

७ वटा वडा रहेको मालिकामा एमाले र कांग्रेसले ३/३ र माओवादीले एक वटा वडा जितेका छन्। वडा नं.१ मा कांग्रेसका टंकप्रसाद पुन, २ मा एमालेका उदयबहादुर बुढाथोकी, ३ मा माओवादीका मोतिप्रसाद बुढा, ४ मा कांग्रेसका भिजेन्द्रमान पुन, ५ मा कांग्रेसका मिम पुन र ६ मा एमालेका पथबहादुर रोका वडा अध्यक्षमा निर्वाचित भएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.