मतपत्र गायब भएको भन्दै गौमुखीमा मतगणना स्थगित
प्यूठान : गौमुखी गाउँपालिका प्यूठानमा मत्रपत्र गायब भएको भन्दै मतगणना स्थगित भएको छ। एमाले उपाध्यक्ष ज्ञानुमायाँ केसीलाई परेको २८ र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष तारा गिरीले पाएको ४ मत नदेखिएपछि विरोध भएको हो।
उनीहरुलाई खसेको मत बाहिर सुनाएपनि कम्यूटरमा नचढाएपछि विरोध भएको ठूलाबेसीका स्थानीय जुमानसिँह केसीले जानकारी दिए।
अहिले मतगणना रोकिएको र विवाद समाधानका लागि सर्वदलीय छलफल चलिरहेको छ।
प्रतिक्रिया दिनुहोस !