अजिरकोट गाउँपालिकामा माओवादीका उम्मेदवार निर्वाचित
गोरखा : गोरखाको अजिरकोट गाउँपालिकाको प्रमुख र उपप्रमुखमा माओवादी केन्द्रले जितेको छ। माओवादी केन्द्रको तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार रहेका दीपक देवकोटाले ३,७८७ मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गोविन्द गुरुङले ३,२८९ मत प्राप्त गरे।
उपाध्यक्ष्यमा पनि माओवादी केन्द्रका उम्मेदवार अनिता भुजेल विजयी भएकी छिन्। नेपाली कांग्रेसबाट उपप्रमुख पदकी उम्मेदवार इन्द्र गुरुङलाई हराउँदै उनले ३,५३२ मत ल्याएर विजयी भईन्। गुरुङले ३,३६१ मत ल्याएको अजिरकोट गाउँपालिकाका मूख्य निर्वाचन अधिकृत कमलराज भण्डारीले बताए।
यसअघि उक्त पालिका नेपाली कांग्रेसले जितेको थियो। अजिरकोट १, २, ३ माओवादी केन्द्रका उम्मेदवारले जितेका छन् भने कांग्रेस वडा नम्बर ४ र ५ मा विजयी बन्यो।
२०७४ को स्थानीय निर्वाचनमा माओवादी केन्द्रबाट देवकोटा र भुजेल नै अध्यक्ष उपाध्यक्षका उम्मेदवार थिए। कांग्रेसका उम्मेदवारसँग पराजित उनीहरुले अहिले बिजयी हाँसिल गरे।
प्रतिक्रिया दिनुहोस !