आरुघाटको प्रमुख र उपप्रमुखमा कांग्रेसका गुरुङ र नेपाली विजयी
गोरखा : गोरखाको आरुघाट गाउँपालिका नेपाली कांग्रेसले जीत हात पारेको छ। पालिकाको पाँच बर्षे कार्यकालका लागि अध्यक्षमा राजु गुरुङ र उपाध्यक्षमा कल्पना नेपाली बिजयी भएका हुन्। गुरुङले ५,५५६ मत ल्याएका छन् भने नेपालीले ५६३१ मत ल्याएकी हुन्।
गुरुङ यसअघि जिल्ला समन्वय समितिका सदस्य थिए भने नेपाली यसअघि पनि पालिकाकी उपप्रमुख नै थिइन्। अध्यक्षका निकटत्तम प्रतिद्वन्द्वी एमालेका कृष्ण नेपालीले ४,८३३ र उपाध्यक्षकी प्रतिद्वन्द्वी सीता दाहालले ३,८१६ मत ल्याइन्।
आरुघाटको १० वटा वडा मध्ये कांग्रेस वडा नं. १, २, ३, ७, ८ मा विजय भएको छ। एमालेले वडा नम्बर ४, ५, ६, १० मा विजय हाँसिल गरेको छ। वडा नम्बर ९ माओवादी केन्द्रले जितेको छ।
प्रतिक्रिया दिनुहोस !