सर्लाहीको धनकौलमा कांग्रेस विजयी

मलंगवा : सर्लाहीको धनकौल गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार रामआश्रय साह अध्यक्ष र अकली सहनी उपाध्यक्षमा विजयी भएका छन् ।
माओवादी केन्द्रका उम्मेदवार फकिरा महतोलाई एक हजार ९९ मतको फराकिलो अन्तरले पराजित गर्दै साह विजयी भएका छन् ।
जितसँगै साह र सहनी दोस्रो पटक धनकौल गाउँपालिकाको कार्यभार सम्भाल्ने भएका हुन् । साहले ४ हजार ४ सय ७७ मत प्राप्त गरी गाउँपालिका अध्यक्षमा निर्वाचित भएका छन् भने उपाध्यक्ष सहनीले ४ हजार ५ सय ४ मत प्राप्त गरी निवार्चित भएकी छिन् ।
गाउँपालिका अध्यक्ष साहको निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवार फकिरा महतोले ३ हजार ३ सय ७८ मत प्राप्त गरेका छन् । उपाध्यक्ष सहनीका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रकी उम्मेदवार निलम कुमारी देवी सहनीले ३ हजार २ सय २५ मत प्राप्त गरेकी छिन् ।
एमालेका उम्मेदवार अजय कुमार सिंहले भने १ हजार ६ सय ७ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा रमिता कुमारी यादवले १ हजार ६ सय ३ मत प्राप्त गरेकी छिन् ।
७ वटा वडा रहेको धनकौलमा नेपाली कांग्रेसले १, २, ४ र ७ नम्बर वडामा विजयी भएका छन् । त्यसैगरी वडा नम्बर ५ र ६ मा माओवादी केन्द्रले जितेका छन् । वडा नम्बर ३ मा एमालेका उम्मेदवार वडा अध्यक्षमा निर्वाचित भएका छन् ।
२० पालिका मध्ये १८ पालिकामा मतगणनाको कार्य भइरहको छ । बरहथवाको वडा नम्बर १७ मा चुनाव स्थगित भएकाले गणना सुरु हुन सकेको छैन् ।
प्रतिक्रिया दिनुहोस !
