कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप, म्यादी प्रहरीमाथि खुकुरी प्रहार

कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप, म्यादी प्रहरीमाथि खुकुरी प्रहार

बाजुरा : सदरमुकाम मार्तडीमा २०७९ जेठ १ गते आइतबार राती म्यादी प्रहरी बुढीगंगा ४ का २० वर्षीय पुष्प कटुवालमाथि खकुरी प्रहार भएको छ। घाइते म्यादि प्रहरीको आइतबार राती नै जिल्ला अस्पताल बाजुरामा उपचार गरिएको छ। 

घाइते पुष्प कटुवालको टाउकोमा ५ ओटा टाका लागेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गिन्द्र बोगटीले बताए। अन्य दुई म्यादी प्रहरी हर्क सुनार र सुनिल थापा घाइते भएका छन्। अवस्था सामान्य रहेको छ। 

खुकुरी प्रहारमा संलग्न रहेको आरोपमा बडिमालिका नगरपालिका २ का अन्दाजी २० वर्षीया नरेन्द्र नाथ र सोही ठाउँका अन्दाजी २० वर्षीया लोकन्द्र कार्कीलाई गिरफ्तार गरिएको बोगटीले बताए। 

जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारीका गिन्द्र बोगटीका अनुसार खुकुरीसमेत बरामद गरिएको छ। मार्तडीमा आइतबार राती नेकपा एमाले र नेपाली कांग्रेस कार्याकर्ताहरुको झडप तथा ढुंगा हानाहान भएको थियो। खुकुरी प्रहार गर्ने कुन पार्टीका कार्यकर्ता हुन अनुसन्धान भइरहको उनले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.