बाजुराको गौमुल गाउँपालिकाको अध्यक्ष,उपाध्यक्षसहित ६ वडामा एमाले विजयी

बाजुराको गौमुल गाउँपालिकाको अध्यक्ष,उपाध्यक्षसहित ६ वडामा एमाले विजयी

बाजुरा : बाजुराको गौमुल गाउँपालिकामा अध्यक्ष, उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन्। एमालेका अध्यक्षका उम्मेदवार हरिबहादुर रोकाया र उपाअध्यक्ष सिता रोकाया (थापा) विजयी भएका हुन् । 

पालिकाको ६ वडामा अध्यक्षसहित सबै सदस्य उम्मेदवार गरी ३२ जना विजयी भएका छन् ।

दुवैजना २०७४ को स्थानीय निर्वाचनमा अध्यक्ष र उपाअध्यक्षमा विजयी भएका थिए ।

२०७४ सालको स्थानीय चुनावमा हरिबहादुर रोकायाले २ हजार २ सय ४० मत ल्याएका थिए भने नेपाली कांग्रेसका देवबहादुर रोकाया १ हजार ४ सय ९१ मतले पराजित भएका थिए । त्यस्तै, २०७४ को स्थानीय चुनावमा उपाध्यक्ष सिता रोकाया थापाले २ हजरा २ सय १ मत र नेपाली कांग्रेसकी उमा रोकायाले १ हजार ५ सय १० मत ल्याएकी थिइन् । 

उपाध्यक्ष सिता र उमा २०७४ पनि सँगै लडेकी थिइन्।

वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका उम्मेदवार अध्यक्ष हरिबहादुर रोकायाले ३ हजार ४ सय ३४ मत ल्याएर विजयी भएका छन। उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका हिरेन्द्रबहादुर रोकायाले १ हजार ४ सय ७० मत ल्याएर पराजित भएका छन्।

 उपाध्यक्षमा सिता रोकाया थापाले ३ हजार १ सय ९४ मत ल्याएर नेपाली कांग्रेसकी उम्मेदवार उमा रोकायालाई पराजित गरेकी छन् । उमाले १ हजार ७ सय ४४ मत ल्याएकी छन् । 

गौमुल गाउँपालिकामा ६  वडा छन् । सबै वडामा  नेकपा एमालेले विजयी हासिल गरेको छ । गौमुल गाउँपालिकामा ३२ पदमा भएको निर्वाचनमा ३२ नै एमालेले विजयी हासिल गरेको छ । 

वडा नम्बर १ मा देवबहादुर रोकाया, २ मा देवबहादुर रोकाया, ३ मा गोरख बहादुर बोहोरा, ४ मा अम्मर बहादुर विक, ५ मा कलक बहादुर सिंह र वडा नम्बर ६ मा प्रकाशबहादुर रोकाया विजयी भएका छन् । यी सबै नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका हुन्।

नेपाली कांग्रेस गाउँपालिकामा क्लिन स्वीप भएको छ । २०७४ को स्थानीय चुनावमा नेपाली कांग्रेसले वडा नम्बर २ मात्र जितेको थियो।  यो पटक भने कुनै पनि वडामा कांग्रेसले जित हासिल गर्न सकेन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.