भरतपुरमा विजय सुवेदी रेनुभन्दा ६१ मतले अगाडि, जगन्नाथले मतान्तर बढाए
भरतपुर : भरतपुर महानगरपालिकामा एमालेका मेयर उम्मेदवार विजय सुवेदीले निरन्तर अग्रता लिएका छन् ।
सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी रेणु दाहाललाई सुवेदीले पछि पारेका हुन् ।
१२ हजार ८६२ मत गणना हुँदा सुवेदीले ४४ सय मत प्राप्त गरेका छन् भने दाहालले ४३ सय ३९ मत पाएकी छन्।
त्यस्तै, कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले १९ सय मत पाएका छन्।
उपमेयरतर्फ सत्ता गठबन्धनबाटै उम्मेदवार बनेका कांग्रेसका चित्रसेन अधिकारीले ५१ सय ३ मत पाएका छन् भने एमालेको समर्थन पाएकी राप्रपाकी हिमला गुरुङले ३४ सय ८३ मत पाएकी छन् ।
प्रतिक्रिया दिनुहोस !