स्याङ्जाको गल्याङ् नगरप्रमुख र उपप्रमुखमा कांग्रेसका उम्मेदवार निर्वाचित
स्याङ्जा : गल्याङ नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसका गुरुप्रसाद भट्टराई र हेमा न्यौपाने विजयी भएका छन्। भट्टराईले नेकपा एमालेका उम्मेदवार सूर्यप्रसाद गैह्र(पारस)लाई ६ सय ९९ मतले पछि पार्दै विजयी भएका हुन्। यसैगरी एमालेकै उपप्रमुख देवी थापालाई ६३ मतले पछि पार्दे न्यौपाने विजयी भएकी छन्।
प्रमुख भट्टराईले ९ हजार ६२१ मत पाउँदा उनका प्रतिस्पर्धी गैहेले ८ हजार ९२२ मत पाएका छन्। यसैगरी न्योपानेले ९ हजार ११८ मत पाउँदा थापाले ९ हजार ५५ मत पाएकी छन्।
यसैगरी गल्याङ् नगरपालिका १ देखि ११ सम्मका निर्वाचित वडाअध्यक्षमा क्रमश : मणीप्रसाद बस्याल, खर्गबहादुर थापा (अशोक), कृष्णप्रसाद भट्टराई, ढाकाराम न्यौपाने, घनश्याम भट्टराई, दिप गुरुङ, झवीलाल पाण्डे, झिमबहादुर थापा, नामदेव खनाल, मुक्ति खनाल र दलबहादुर सिंजाली निर्वाचित भएका छन्।
यसअघि २०७४ को स्थानीय निर्वाचनमा नेकपा एमालेका भुपराज अधिकारी र देवी थापा निर्वाचित भएका थिए। यसअघि गल्याङ् नेकपा एमालेको बलियो पडक क्षेत्र हो।
यहाँ १९ हजार ८८० जनाले मतदान गरेका थिए। नगरको मतदाता संख्या २९ हजार ५५७ जना हो।
प्रतिक्रिया दिनुहोस !