भीमदत्त नगरपालिकाको मतगणना पुनः सुरु

भीमदत्त नगरपालिकाको मतगणना पुनः सुरु

महेन्द्रनगर : आईतबारदेखि अवरुद्ध भीमदत्त नगरपालिकाको मतगणना पुनः सुरु भएको छ। कञ्चनपुरको भीमदत्त नगरपालिकामा आईतबारदेखि अवरुद्ध रहेको मत गणना कार्य पुनः सुचारु हुने भएको छ। सर्वदलिय बैठकले २ नम्बर वडाको मत गणना स्थगितगरी ३ र १९ वडाको गणना सुरु गर्ने निणर्य गरेपछि मतगणना सुरु भएको हो। 

वडा नम्बर २ स्थित सरस्वति माध्यामिक विद्यालयमा भएको मतदानमा गणना गर्दा अधिक मत पाइएको थियो। निर्वाचन कार्यालयले एक सय मतपत्र भनि खोलिएको पोकामा एक सय २३ मतपत्र भेटिएपछि विवाद हुदाँ मतगणना स्थगित भएको थियो। 

त्यसैगरी कृष्णपुर नगरपालिकामा पनि मतगणना स्थगित भएको छ। कृष्णपुर नगरपालिका-९ को पञ्चाधिन माध्यामिक विद्यालयको बुथ केन्द्रको मतगणना हुँदा खसेको मतभन्दा बढी मत गणना गर्दै नतिजा सार्वजनिक भएपछि नेकपा एमाले र माओवादी केन्द्रले विरोध गरेका छन्।

पञ्चाधिन बुथ केन्द्रमा १ हजार ९ सय १४ मत खसेकोमा २ हजार ६४ मत गणना भएको भन्दै नतिजा प्रकाशित गरिएको थियो। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.