स्याङ्जाको वालिङ नगरपालिका प्रमुखमा एमाले, उपप्रमुखमा कांग्रेस विजयी

स्याङ्जाको वालिङ नगरपालिका प्रमुखमा एमाले, उपप्रमुखमा कांग्रेस विजयी

स्याङ्जा : वालिङ नगरपालिकाको प्रमुखमा नेकपा एमालेका कृष्ण खाँण र उपप्रमुखमा नेपाली कांग्रेसका कविता तिवारी (गैह्रे) निर्वाचित भएका छन्।

आफ्ना प्रतिस्पर्धी नेपाली कांग्रेसतर्फका प्रमुखका उम्मेदवार दिलिप खाँणलाई २ हजार १८३ मतले पछि पार्दै विजयी भएका हुन्। 

कृष्णले १३ हजार ७७६ मत पाउदा दिलिपले ११ हजार ५९३ मत ल्याएका छन्। कांग्रेसकी गैह्रेले १२ हजार ८ सय २२ मत ल्याइ उपप्रमुख पदमा विजयी भएकी छन्। 

उनले आफ्ना प्रतिस्पर्धी एमालेकी खगिसरा थापालाई ८ सय ८२ मतले पछि पार्दै विजयी भएकी हुन। थापाले १२ हजार ३ सय ४० मत पाएकी छन्। 

योसँगै नेपाली कांग्रेसले वडा नम्बर १, २, ५, १०, ११ र १४ मा विजयी भएको छ भने नेकपा एमालेले ३, ४, ६, ७, ८, ९, १२ र १३ वडा जितेको छ। 

चौध वडा रहेको नगरपालिकामा १ देखि १४ वडामा क्रमश :पदमराज गुरुङ, पोतप्रसाद लम्साल, भिमबहादुर गुरुङ, हरिप्रसाद खनाल, छवि आले, श्यामकृष्ण श्रेष्ठ, पाण्डुकुमार थापा, दामोदर तिवारी, अमृत श्रेष्ठ, सुनील खनाल,  डण्डापानी पंगेनी, विश्वजंग गुरुङ, नमलाल डुम्रे, राजु कुँवरले अध्यक्ष पदमा निर्वाचित भएका हुन्।

वालिङ नगरपालिकामा ३९ हजार ६५९ जना मतदाता भए पनि यहाँ २६ हजार ७७४ जनाले मतदान गरेका थिए ।

यसअधि २०७४ को निर्वाचनमा वालिङ नगरपालिकाको प्रमुख उपप्रमुखमा नेपाली कांग्रेसका दिलिपप्रताप खाँण र कल्पना तिवारी निर्वाचित भएका थिए।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.