मतगणना नसकिंदै गोरखा नगरपालिकाका मेयर बने कृष्ण राना

मतगणना नसकिंदै गोरखा नगरपालिकाका मेयर बने कृष्ण राना

गोरखा : गोरखा नगरपालिका वडा नं. १४ को मतगणना गर्न बाँकी छँदै मेयरमा कृष्ण राना विजयी भएका छन्। मतगणना गर्न बाँकी मतभन्दा निकटत्तम प्रतिद्वन्द्वीसँगको मतान्तर धेरै भएपछि राना विजयी भएका हुन्।

माओवादीबाट मेयरको उम्मेद्वार बनेका रानाले ८,२९५ मत प्राप्त गरेका गर्दा उनका निकटत्तम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार राजनराज पन्तले ६,४५६ मत प्राप्त गरेका छन्। राना १,८३९ मतान्तरले अगाडि छँदा गोनपा १४ मा जम्मा १,४०१ मत मात्र गन्न बाँकी छ।

पाँच वर्षअघि रानालाई पन्तले उछिनेर मेयर बनेका थिए। पाँचवर्षपछि पन्तलाई रानाले उछिनेका हुन्। मतगणनाको आधिकारिक अन्तिम नतिजा आउन भने बाँकी नै छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.