जगन्नाथमा गठबन्धनलाई हराउँदै अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी
बाजुरा : जगन्नाथ गाउँपालिकाको अध्यक्षमा पुन कालीबहादुर शाही निर्वाचित भएका छन्। नेकपा एमालेका जिल्ला अध्यक्षसमेत रहेका शाही जगन्नाथ गाउँपालिकामा ०७४ सालमा पनि अध्यक्षमा निर्वाचित भएका थिए।
उनले नेपाली कांग्रेसका सुन्दर विष्टलाई दोस्रोपटक प्राजित गरेका छन्। शाहीले २ हजरा ३ सय १९ मत ल्याएर विजयी भएका छन भने प्रतिद्वन्द्वी विष्टले १ हजार ८ सय ७० मत ल्याएर पराजित भएका छन्। शाहीले विष्टको भन्दा ४ सय ४९ मत बढी ल्याएका छन्।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा १ हजार ४ सय ५१ मत ल्याएर शाही विजयी भएका थिए। नेपाली कांग्रेसका विष्ट ९ सय ८९ मत ल्याएर पराजित भएका थिए। माओवादी केन्द्रबाट मनलाल खत्री ९ सय ३० मत ल्याएर तेस्रो नम्बरमा थिए। बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस माओबादी केन्द्र र नेकपा समाजवादीको गठबन्धन रहेको छ।
गठबन्धनलाई हराउँदै नेकपा एमालेबाट अध्यक्ष शाही र उपाध्यक्ष बिष्ट दुबै विजयी भएका छन्। उपाध्यक्षमा नेकपा एमालेकी उम्मेदवार मरुकला बिष्ट विजयी भएकी छन्। उनले गठबन्धनतर्फबाट उम्मेदवार बनेका नेकपा समाजवादीका धर्मबहादुर शाहीलाई पराजित गरेकी छन्।
नेकपा एमालेकी उम्मेदवार विष्ट २ हजार १ सय ८३ मत ल्याएर विजयी भएकी छन् भने गठबन्धनका उम्मेदवार उनका प्रतिद्वन्द्वी शाही १ हजार ६ सय ८० मत ल्याएर पराजित भएका छन्। विष्टले शाहीको भन्दा ५ सय ३ मत बढी ल्याएकी छन्।
प्रतिक्रिया दिनुहोस !