माओवादीका मन्त्रीले मतदान गरेको वडामा कांग्रेसको जीत
गौशाला : मधेस प्रदेशका आन्तरिक मामिला तथा संचारमन्त्री भरतप्रसाद साहले मतदान गरेको वडामा वडाअध्यक्षरुपमा नेपाली कांग्रेसका उम्मेदवारले विजयी हासिल गरेका छन्।
मन्त्री साहको गृहनगर गौशाला नगरपालिका वडा नं. ६ फुलकाहामा कांग्रेसका उम्मेदवार रामस्वार्थ यादवले ६३७ मत ल्याएर विजयी भएका हुन।
यादवले आफ्ना निकटम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवार चन्द्रप्रभा यादवलाई २२ मतले पराजित गरेका हुन्।
गौशाला नगरपालिकाकामा माओवादीको गढ मानिएको वडा नं. ६ फुलकाहामा माओवादी पराजय व्यहोरेपछि विभिन्न टिकाटिप्पणीहरु आउन थालेका छन्।
नेकपा माओवादी केन्द्रले गौशाला नगरपालिकाको उपप्रमुख पदमा मन्त्री साहकी भाईवुहारी जनकदुलारी साह उम्मेदवारी दिएका हुन्।
प्रतिक्रिया दिनुहोस !