गोरखा नगरपालिकाको मेयरमा राना, उपमेयरमा पुन विजयी
गोरखा : गोरखा नगरपालिकाको मेयरमा कृष्ण राना विजयी भएका छन्। नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेका राना ८,९६४ मत प्राप्त गरी मेयरमा विजयी भएका हुन्।
त्यस्तै उपमेयरमा सपना पुन बिजयी भएका छन्। नेपाली कांग्रेसबाट उपमेयरमा उम्मेदवार बनेकी पुन ७,४५३ मत प्राप्त गरी विजयी भएकी हुन्।
मेयरमा विजयी रानाले नेपाली कांग्रेसबाट सोही पदका उम्मेदवार राजनराज पन्तलाई १,८५६ मत अन्तरले पछाडि पारेका हुन्।
अहिले पराजित भएका पन्तले यस अघिको स्थानीय निर्वाचनमा रानालाई पराजित गरेका थिए। गोरखा नगरपालिकामा जनता समाजवादी पार्टी र माओवादी केन्द्रबीच तालमेल भएको थियो।
तालमेलपछि प्रमुखमा माओवादी केन्द्रले मेयरमा र जनता समाजवादी पार्टीले उपमेयरमा उम्मेदवारी दिएका थिए। जनता समाजवादी पार्टीबाट उपमेयरका उम्मेदवार नारायण खत्री भने पराजित बएका छन्। उनी सपना पुनसित ७३५ मतले पछाडि परेका हुन्।
प्रतिक्रिया दिनुहोस !