पालुङटार नगरपालिकाको मतगणना रोकियो

पालुङटार नगरपालिकाको मतगणना रोकियो

गोरखा : पालुङटार नगरपालिकाको मतगणना स्थगित भएको छ। वडा नम्बर ६ पौवाटारको मत गणना गर्ने क्रममा एउटा मतपेटिकाको शील खुलेको भेटिएपछि मत गणना स्थगित भएको हो। 

वीरभद्र आधारभूत विद्यालय मतदान केन्द्रको मुचुल्कामा पाँचवटा शील उल्लेख भएको तर मतपेटिकामा चारवटा मात्रै सिल भेटिएपछि विवाद सुरु भएको हो। विवाद सुरु भएपछि करिब तीनबजेदेखि मतगणना रोकिएको हो। 

विवाद समाधानका लागि सर्वदलीय बैठक बसिरहेको निर्वाचन अधिकृत गोकर्णराज पन्तले बताए। 

यसअघि १० वटा वडामध्ये सबै वडाको मतगणना समाप्त भइसकेको छ। वडा नं. ६ को एउटा मतदानकेन्द्रको मात्र गणना गर्ने बेला बिवाद भएर रोकिएको हो। 

अहिलेसम्मको मत गणनामा माओवादी केन्द्रका मेयरका उम्मेदवार विवश चिन्तनले पाँच हजार सात सय ८३, निकटत्तम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका उम्मेदवार प्रेम गुरुङले पाँच हजार चार सय २२ मत पाएका छन्। यसअघिका मेयर समेत रहेका कांग्रेस उम्मेदवार दीपकबाबु कँडेलले चार हजार सात सय ५५ मत प्राप्त गरेका छन्।
 
विवाद भएपछि त्यहाँ सुरक्षा ब्यवस्था कडा बनाइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.