स्याङ्जाको चापाकोटको प्रमुख र उपप्रमुखमा कांग्रेस विजयी

स्याङ्जाको चापाकोटको प्रमुख र उपप्रमुखमा कांग्रेस विजयी

स्याङ्जा : चापाकोट नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।  नगरप्रमुखमा देवबहादुर खाँण (ईश्वर) र उपप्रमुखमा इशा राना बिजयी भएकी हुन्।

  
खाँणले ७ हजार ४९० मत पाएका छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार राजु कोइरालाले ६ हजार ५५५ मत पाए।

उपप्रमुखमा रानाले ७ हजार ४१३ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी नेकपा एमालेका सृष्टि मल्लले ६ हजार ३७६ मत पाइन्। खाँणले ९ सय ३५ र रानाले एक हजार ३७ मतले पछि पार्दे प्रमुख र उपप्रमुखमा निर्वाचित भएका हुन्।
 
नगरका १० वटामध्ये ३, ४, ५, ६ र ८ गरी पाँच वटामा नेपाली कांग्रेस र १, २, ७, ९ र १० गरी पाँच वटा नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवारहरु विजयी भएका छन्।

नगरपालिकाको १ मा एमालेका भुपराज वस्ती,  २ मा एमालेका टिकाराम श्रेष्ठ, ३ मा कांग्रेसका जुतबहादुर राना, ४ मा कांग्रेसका अर्जुनबहादुर खाँण, ५ मा कांग्रेसका वल बहादुर श्रेष्ठ, ६ मा कांग्रेसका तारादेवी पोखरेल, ७ मा एमालेका मोहन केसी, ८ मा कांग्रेसका टोपलाल न्यौपाने,  ९ मा एमालेका कृष्ण सुवेदी, १० मा एमालेका रामु कोइराला निर्वाचित भए।

२०७४ को स्थानीय तह निर्वाचनमा पनि चापाकोट नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार शिव गिरी र विमला श्रेष्ठ विजयी भएका थिए। चापाकोट नगरपालिकामा २१ हजार ५४६ जना मतदाता रहेकोमा १४ हजार ८५०६ जनाले मतदान गरेका थिए।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.