पालुङ्टारको मेयर र उपमेयर दुवैमा माओवादीका उम्मेद्वार विजयी

पालुङ्टारको मेयर र उपमेयर दुवैमा माओवादीका उम्मेद्वार विजयी

गोरखा : पालुङटार नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा माओवादी केन्द्रले विजय हासिल गरेको छ। माओवादी केन्द्रकातर्फबाट मेयर पदका उम्मेदवार विवश चिन्तन (अजय)ले ६ हजार ७२ मत प्राप्त गरी विजयी भएका हुन्। 

त्यस्तै उपमेयरमा माओवादी केन्द्रबाट उम्मेद्वार बनेकी बन्दना पाण्डेले ५ हजार ५७९ मत प्राप्त गरी विजयी भएकी छन्। मेयरका निकटतम प्रतिद्वन्द्वी जसपाका उम्मेदवार प्रेम गुरुङले ५ हजार ७ सय १७ मत प्राप्त गरेका थिए। 

यसअघिका मेयर एवं नेपाली कांग्रेसका तर्फबाट यसपटक पनि उम्मेदवार बनेका दीपकबाबु कँडेलले ४ हजार ९ सय ९७ मत प्राप्त गरे। 

उपमेयरकी निकटतम प्रतिस्पर्धी कांग्रेसकी चेतकुमारी श्रेष्ठले ५ हजार ७७ मत पाएकी छन्। गठबन्धनकी उम्मेदवार एमालेकी पार्वतीदेवी पाठक भने ४ हजार २८१ मतका साथ तेस्रो भइन्। पालुङटारमा जनता समाजवादी पार्टी र नेकपा एमालेका बीच चुनावी गठबन्धन भएको थियो।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.