सर्लाहीको लालबन्दी नगरपालिकामा कांग्रेसका अधिकारी विजयी
मलंगवा : सर्लाहीको लालबन्दी नगरपालिकामा नेपाली कांग्रेसका वासुदेव अधिकारी नगरप्रमुखमा विजयी भएका छन्। अधिकारीले नेकपा एमालेका नगरप्रमुखको उम्मेदवार गोविन्द महतलाई १ हजार ६ सय ७८ मतले पछि पार्दै विजय हासिल गरेका छन्।
अधिकारी ९ हजार ५ सय ६१ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार महतले ७ हजार ८ सय ८३ मत ल्याएका छन्।
यस्तै उपप्रमुखमा कांग्रेसकी कल्पनामाया पाख्रिनले ८ हजार ८ सय ५० मत ल्याएर विजयी बनेकी छन्। उनकी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी सन्सरीमाया थिङले ८ हजार १ सय ५९ मत प्राप्त गरेकी छिन्।
प्रतिक्रिया दिनुहोस !