सर्लाहीको गोडैता नगरपालिकाको मेयरमा देवेन्द्रकुमार यादव निर्वाचित
मलङ्वा : सर्लाहीको गोडैता नगरपालिकाको नगरप्रमुखमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उम्मेदवार देवेन्द्र कुमार यादव निर्वाचित भएका छन् ।
नेपाली काङ्ग्रेसका उम्मेदवार उपेन्द्र प्रसाद कुशवाहालाई ५ सय ४४ मतले पछि पार्दै यादव निर्वाचित भएका हुन् ।
यादवले ५ हजार २ सय ९४ मत ल्याएका छन् भने कुशवाहाले ४ हजार ७ सय ५० मत ल्याएका छन् ।
उपप्रमुखमा लोसपाकै अन्जना कुशवाहा ५ हजार ३ सय १ मत ल्याएर विजयी बनेकी छन् । उनका निकटतम प्रतिद्वन्दी रामसखी देवीले ४ हजार ४ सय ९३ मत ल्याइन्।
उपेन्द्र प्रसाद कुशवाहा प्रदेशसभा सदस्यबाट राजीनाम दिएर नगरप्रमुखमा चुनाव लडेका थिए ।
प्रतिक्रिया दिनुहोस !