सल्यानमा तीन दलका प्रमुख स्थानीय तहमा पराजित

सल्यानमा तीन दलका प्रमुख स्थानीय तहमा पराजित

दाङ : सल्यानका तीन पार्टीका प्रमुखहरुले स्थानीय निर्वाचन हारेका छन्। जिल्लामा रहेर राजनैतिक दलको नेतृत्व गर्दै आएका नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवाली केन्द्रका जिल्ला नेतृत्वले हारेका छन्।

जनताले नै ठूला दलका नेताहरुलाई विश्वास नगर्दा दोश्रो पुस्ताका नेताहरुसंग उनीहरु पराजित भएका हुन्। जनमैत्री एजेण्डा नहुँदा र जनताको नजरमा पर्न नसक्दा उनीहरु पराजित भएको तर्क हुन थालेको छ।
आफ्नै क्षेत्रका जनतालेसमेत विश्वास गर्न नसक्दा कांग्रेसका जिल्ला सभापति केशवहादुर विष्टले छत्रेश्वरी गाउँपालिकाको अध्यक्ष पदमा पराजित भएका छन्। उनी नेकपा एमालेका जिल्ला सचिव ओज बहादुर बुढाथोकीसंग १ हजार २ सय ६९ मतान्तरले पराजित भएका छन्।

बिष्ट निवर्तमान जिल्ला समन्वय समिति सल्यानको प्रमुखसमेत हुन्। बनगाड कुपिण्डे नगरपालिकामा नेकपा एमालेका जिल्ला अध्यक्ष गोविन्द कुमार पुन पराजित भए। २०७४ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेससग गठबन्धन गरेर नगरपालिकाको मेयरमा विजयी भएका पुन यस पटक भने पराजित भएका छन्। उनलाई नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश उपाध्यक्ष कर्ण बहादुर वुढाथोकीले २ हजार ७ सय ४६  मतान्तरले पराजित गरे।

नेकपा एमालेका कर्णाली प्रदेश कमिटी सदस्य मनोज प्रधान पनि पराजित भएका छन्। कांग्रेसका सल्यानका सचिव प्रकाश भण्डारीसग १ हजार १ सय ९० मतले प्रधान पराजित भएका छन्।

नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य तथा जिल्ला संयोजक कृति बहादुर पुन बागचौर नगरमा कांग्रेसका सहसचिवसंग पराजित भएका छन्। कांग्रेसका जिल्ला सहसचिव जनकराज गौतमसंग ४ सय ३३ मतले पुन पराजित भएको हुन्। कांग्रेसकोतर्फबाट उम्मेदवार बनेका गौतमले ६ हजार २७ मत प्राप्त गरे भने माओवादी केन्द्रको तर्फवाट उम्मेदवार बनेका पुनले ५ हजार ५ सय ९४ मत प्राप्त गरेका हुन। बागचौर नगरपालिका जिल्लामा माओवादी केन्द्रको गढका रुपमा रहेको थियो।

माओवादी कन्द्रका केन्द्रीयस्तरका जिम्मेवार नेताहरुसमेत बागचौरमै छन्। नेकपा आमोवादी केन्द्रका केन्दीय सदस्य टेकबहादुर बस्नेत र टिका बुढाथोकी प्रदेश कमिटी सदस्य भिमप्रकाश शर्मा, टिकाराम वली, लोकमान बुढाथोकी, रत्नबहादुर वली, ज्ञानबहादुर वली, सुम्नीमा डिसी भएको पालिकामा नै माओवादी केन्द्र पराजित भएको हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.