दोलखाको फिल्म सिटी पीपीपी मोडलमा
![दोलखाको फिल्म सिटी पीपीपी मोडलमा](https://annapurnapost.prixacdn.net/media/albums/film-city-building-DPR_20190708061328_koVmd2skdB.jpg)
काठमाडौं : सरकारले दोलखामा निर्माण गर्ने भनिएको फिल्म सिटी निजी–सार्वजनिक साझेदारी (पीपीपी) मोडलमा निर्माण गर्ने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले आइतबार प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा फिल्म सिटी निर्माणको कामलाई पीपीपी मोडल अनुसार अगाडि बढाउने जनाएका हुन्।
यसैगरी काभ्रेको बनेपामा सुविधासम्पन्न इन्डोर स्टुडियो बनाउने घोषणा गरिएको छ। नेपाली मौलिक परम्परा, कला, संस्कृति, भाषाको विविधता झल्कने खालका चलचित्र, गीत, संगीत सिर्जना गर्ने सर्जकहरूलाई प्रोत्साहन गर्ने बजेट विषयलाई पनि वक्तव्यमा उल्लेख गरिएको छ। सरकारले आगामी आर्थिक वर्षमा साहित्यक लेख वा रचनामा १.५ प्रतिशत कर छुट गर्ने भएको छ।
अर्थमन्त्री शर्माका अनुसार साहित्यक लेख वा रचना गरेबापत सर्जकले पाउने रोयल्टीमा १.५ प्रतिशत मात्रै अग्रिम कर कट्टी गर्ने निर्णय गरेको हो। यसैगरी कोभिड–१९ महामारीबाट प्रभावित होटेल, ट्राभल, ट्रेकिङ, पर्यटन क्षेत्रसँगै चलचित्र क्षेत्रको व्यवसायिक कर योग्य आयमा ५० प्रतिशत कर छुट दिने व्यवस्था सरकारले गरेको छ। अर्थमन्त्री शर्माले सूचना तथा सञ्चार मन्त्रालयलाई ८ अर्व ५९ करोड रुपेयाँ बजेट विनियोजन गरिएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)