दाङ्‍मा मेयरले गरे आफ्नै कर्माचारीहरुलाई फूल दिएर स्वागत

दाङ्‍मा मेयरले गरे आफ्नै कर्माचारीहरुलाई फूल दिएर स्वागत

दाङ : दाङको तुलसीपुर उपमहानगरपालिमाको मुल गेटमा सोमबार बिहान सवा ९ वजे एक हुल मानिस लाइनमा बसे। नजिकैको टेबलमा राखिएको किस्ती भरी फूल र केरा भरियो। १० मिनेटसम्म त्यो टोलि मुल गेटमै एक अर्कामा ठट्टा गरेर उभिइराख्यो। वरपरमा मानिसरु मुल गेटतिर झुमिन थाले।

मुल गेटमा पाले जस्तै गरेर उभिएका मान्छेहरु तुलसीपुर उपमहानगरपालिकाका नव निर्वाचित नगरप्रमुख टिकाराम खडका, उपप्रमुख स्यानी चौधरी, वडाध्यक्ष माधव ओली, बर्षाद भण्डारी थिए। साढे नौ बजेपछि नगरमा कर्मचारीको प्रवेश हुन थाल्यो। अनि अनौठो दृष्य देखियो।

नमस्कार। स्वागत छ। यहाँ कर्मचारी कि सेवाग्राही हो? भन्दै नगरप्रमुख खडका, उपप्रमुख चौधरी प्रश्न गर्दै कर्मचारीहरु र सेवाग्राहीलाई स्वागत गर्न थाले।

हामी जनप्रतिनिधि यहाँहरुको स्वागतको लागि बसेका छौं, उनीले त्यस्मा थपदैं थिए। प्रमुख खड्काले कर्मचारीहरुलाई आफ्नो जिम्मेवारी, सरकारी डे्स, परिचयपत्र र कार्यालय समयको विषयमा जिज्ञासासमेत राखे। धेरै कर्मचारीहरुले यी कुराहरुमा लापरवाही गरेको देखेपछि अलि कडारुपमा समेत प्रस्तुत भएका नगरप्रमुख खडकासंग लजाउँदै कर्मचारीहरु कार्यकक्षमा प्रवेश गरेका थिए।

सोमबारको यो दृष्यले उपमहानगरमा फरक खालको वातावरण बनाएको थियो। सम्भवत दाङमा जनप्रतिनिधिले कर्मचारी स्वागत गरेको यो पहिलो घटठना होला।

समयमै आउने कर्मचारी साथीहरुलाई जनप्रतिले सम्मान गर्नुपर्छ भनेर स्वागतको सुरुवात गरेका छौं, नगरप्रमुख खडकाले भने, सम्भव भएसम्म कार्यकालको अन्तिम दिनसम्म पनि निरन्तार लैजान्छौं।

उनले कर्मचारी साथीहरुले समय, पोशाक र परिचयमा लापरवाही गरेको देखिएको भन्दै सुधार गरेर भोलिका दिनबाट  कार्यालय आउन आग्रह गरिएको बताए। उपप्रमुख स्यानी चौधरीले कार्यालय प्रवेशमा अब फरक शैली अपनाउन लागिएको बताइन। उनले केहि दिन पछिबाट राष्ट्रिय गानबाट कर्मचारीको स्वागत गरिने बताइन।

४५ मिनेट मुल गेटमा बसेर स्वागत गरेका जनप्रतिनिधिले ९० प्रतिशत कर्मचारीले समयको र पोशाकको ख्याल नगरेको पाइएको बताए।

अगामी दिनमा सबैले यो सुधार गर्ने निर्देशन पनि दिइएको भन्दै सुधार हुने विश्वास व्यक्त गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.