आलिताल गाउँपालिकाको प्रशासनिक कक्षमा आगलागि
डडेल्धुरा : आलिताल गाउँपालिकाको प्रशासनिक कक्षमा आगलागि भएको। शुक्रबार बिहान आलिताल गाउँपालिकाको प्रसाशन कक्षमा आगलागी हुँदा महत्वपूर्ण समाग्री जलेका छन्।
आगलागिबाट पालिकाको प्रशासन कक्षको बाहिर राखिएको सोफा, भवनको सिलिङ, कोठा भित्रका केही कागजात जलेको आलिताल प्रहरी चौकीका ईन्चार्ज भिमराज भट्टले जानकारी दिए।
कार्यालय बाहिर राखिएको सूचना पार्टीमासमेत आगो लगेको छ। आगो कसरी लाग्यो भन्ने विषय खुलेको छैन।
आगलागिका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
प्रतिक्रिया दिनुहोस !