बञ्चरेडाँडामा अझै अवरोध

बञ्चरेडाँडामा अझै अवरोध

नुवाकोट : बञ्चरेडाँडामा काठमाडौं उपत्यकाको फोहोर फाल्न बुधबार पनि स्थानीयवासीले अवरोध गरेका छन्। उनीहरूले मुआब्जा, रोजगारी, स्वास्थ्य सुरक्षाको विषय अघि सारेका छन्। यो विषयलाई बेवास्ता गरिएको स्थानीयवासी चन्द्रबहादुर बलामीले बताए। समस्या समाधान गर्नु सरकारको पहिलो दायित्व भएका कारण फोहोर फाल्न रोकेको उनको भनाइ छ।

प्रहरीका अनुसार प्रदर्शनकारीले १५ वटा गाडी तोडफोड गरेका छन्। झडप हुँदा केही प्रहरीसहित १२ जना जना घाइते भएको ककनी गाउँपालिका–२ का वडाध्यक्ष तिलकबहादुर लामाले बताए। आक्रामक भीडले फोहोर बोकेका गाडी तोडफोड गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीले गाडी र कर्मचारीको सुरक्षा गर्न २ सयभन्दा बढी प्रहरी दिनभर खटाइएको बताए।

ककनी गाउँपालिका अध्यक्ष सुमन तामाङले स्थानीयवासीले अनेक माग राखेर आन्दोलन गरेको बताए। उनीहरूलाई नै राखेर सहमति गर्नुपर्ने अध्यक्ष तामाङको भनाइ छ। गाउँपालिकाका तर्फबाट सहमतिपत्रमा हस्ताक्षर गरे पनि आफूले स्थानीयवासीलाई मनाउन नसकेको उनले स्विकार गरे। ‘पहिलाजस्तै यो सम्झौता पनि कार्यान्वयन हुन्न भन्दै अवरोध गरिरहेका छन्। हामीले के गर्ने ?’, उनले भने।

धादिङको धुनीबेंसी नगरपालिकाका उपमेयर सुरज उप्रेतीले फोहोर फाल्नुअघि सवै पक्ष स्थानीय स्तरमा गएर कार्यक्रम गर्ने भन्ने सम्झौता भएको बताए। कार्यक्रमअघि नै फोहोर पठाउन सुरु गरिएपछि स्थानीयवासीले अवरोध गरेका उप्रेतीको भनाइ छ। उनका अनुसार सरोकारवाला सबै पक्ष प्रत्यक्ष रूपमा उपस्थित भई स्थानीयवासीसँग सहकार्य गर्न आवश्यक देखिएको छ।

सहरी विकास मन्त्रालयमा सोमबार काठमाडौं महानगरपालिकासहित सरोकारवालाबीच फोहोर फाल्ने विषयमा सोमबार सहमति जुटे पनि मुआव्जा, रोजगारी दिइनुपर्ने, स्वास्थ्य सुरक्षा हुनुपर्नेलगायत माग राखी स्थानीयवासीले अवरोध गर्न छाडेका छैनन्। ओखरपौवाको सिसडोल र बन्चारेडाँडामा उनीहरूले प्रदर्शन गरिरहेका हुन्। उनीहरूले काठमाडौंबाट फोहोर बोकेर आएका गाडी खाली गर्न दिएका छैनन्। फोहोर व्यवस्थापनमा सरकारले राजनीति गरेको जनाउँदै आक्रोश पोखेका छन्। काठमाडौंका मेयर बालेन्द्र साह र उपमेयर सुनीता डंगोलसहितको टोली सिसडोल र बञ्चरेडाँडामा पुगेकै बेला स्थानीयवासीले फोहोर फाल्न नदिने घोषणा गरेका थिए। उनीहरूले तीनपिप्लेबाट बञ्चरेडाँडासम्म सडकमा परेको जग्गाको पनि मुअब्जा पाउनुपर्ने माग गरेका छन्। मंगलबारदेखि नै स्थानीयवासी र प्रहरीबीच तनाव हुँदै आएको छ। 

काठमाडाौं महानगरपालिकाकी वातावरण विभाग प्रमुख सरिता राईका अनुसार १२ दिनदेखि उपत्यकाको फोहोर उठ्न सकेको छैन। काठमाडौंको फोहोर २०६४ सालदेखि ओखरपौवास्थित सिसडोलमा विसर्जन गरिँदै आएको छ। सिसडोल भरिएका कारण बन्चरेडाँडामा लैजान लागिएको हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.