रसुवामा विद्युत् आपूर्ति बन्द
![रसुवामा विद्युत् आपूर्ति बन्द](https://annapurnapost.prixacdn.net/media/albums/electricity_20180730022609_wuiS1SpXel.jpg)
रसुवा : ६६ केभी प्रसारण लाइनमा समस्या आएपछि रसुवामा विद्युत आपूर्ति ठप्प भएको छ। जिल्लाको कालिका गाउँपालिका–३, स्थित कटुञ्जेमा रहेको ३७ नम्बर टावरमा समस्या आएपछि जिल्लामा गएरातिदेखि विद्युत् आपूर्ति बन्द भएको नेपाल विद्युत प्राधिकरण धुन्चे वितरण केन्द्रले जनाएको छ।
विद्युत आपूर्तिमा समस्या आएपछि काठमाडौं। ग्रिड महाशाखाबाट मर्मत टोली आउने क्रममा रहेको केन्द्रका प्रशासन प्रमुख एवं सूचना अधिकारी दीपरमण अधिकारीले बताए। मर्मतको काम सकिएपछि विद्युत् सेवा सुरु हुने उनको भनाइ छ। ६६ केभी लाइनको मर्मत गर्नका लागि मर्मत टोली नै आउनुपर्ने भएकाले टोली आइपुगेपछि मात्र काम हुने छ।
जिल्लाको आधा भागमा नुवाकोटको लाइन जोडेर विद्युत् सञ्चालनमा ल्याउन लागिएको छ। जिल्लाको तल्लो भेगमा केही समयमा नै विद्युत् आपूर्तिको व्यवस्था मिलाउने उनले बताए। जिल्लाभरी नै आपूर्तिको व्यवस्था मिलाउन भने समय लाग्ने छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)