सानिमा बैंकले ल्यायो ‘ग्रीन पिन’
काठमाडौं : सानिमा बैंकले ग्रीन पिन ल्याएको छ ।
ग्रीन पिन कार्डका लागि बनाइएको कागजविहीन पिन हो ।
ग्राहकहरुले बैंक खातामा दर्ता भएको मोबाइल नम्बरमा एसएमएसस्द्वारा पाएको कोडबाट आफ्नो डेबिट/क्रेडिट कार्डको पिन परिवर्तन गर्न सक्नेछन् ।
उक्त कोड पाएको २४ घन्टाभित्र नजिकैको सानिमा बैंकको एटीएम काउन्टरमा गएर पिन परिवर्तन गर्नुपर्ने हुन्छ।
ग्रीन पिनको मुख्य उद्देश्य कागजी पिनलाई निरुत्साहित गर्नु र डिजिटल बैंकिङ्गलाई अझ सहज, सुरक्षित र सुविधाजनक बनाउनु हो ।
सानिमा बैंकको देशको सातै प्रदेशमा १२६ वटा कार्यालय तथा ११७ वटा एटीएम सञ्चालनमा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस !