विदेशबाट फर्काइए ७९ मूर्ति

विदेशबाट फर्काइए ७९ मूर्ति

काठमाडौं : नेपालबाट चोरी निकासीलगायत विभिन्न कारण विदेश पुर्‍याइएका पुरातात्विक तथा सांस्कृतिक महत्वका मूर्ति हालसम्म ७९ वटा फर्काइएका छन्। चीन (तिब्बत)बाट २८, बेलायतबाट १९, अमेरिकाबाट १७, भारत (कोलकाता)बाट १३, अस्ट्रिया र  जर्मनीबाट एक-एक थान फिर्ता ल्याइएको हो। अमेरिका, फ्रान्स, बेलायत, अस्टे«लियालगायत मुलुकबाट थप कलाकृति ल्याउन कूटनीतिक पहल भइरहेको बताउँछन् पुरातत्व विभागका महानिर्देशक दामोदर गौतम। 

‘आगामी आर्थिक वर्ष धेरै मूर्ति आउनेवाला छन्। नेपालबाट के कति सांस्कृतिक सम्पदा बाहिरिए भनेर कुनै तथ्यांक छैन। तर, विश्वका विभिन्न प्रख्यात संग्रहालयमा प्रदर्शनमा राखिएका नेपाली विशिष्ट किसिमका कलाकृतिले नेपालबाट हजारौं संख्यामा महत्वपूर्ण कलाकृतिहरू बाहिरिएको पुष्टि हुन्छ’, महानिर्देशक गौतम भन्छन्, ‘कूटनीतिक माध्यमबाट सयौं पाइप लाइनमा आउनेवाला छन्। आउने आर्थिक वर्ष ५० भन्दा बढी ल्याउने प्रक्रियामा छन्।’

उनका अनुसार सांस्कृतिक, पुरातात्विक महत्वका सम्पदाहरू संरक्षण ऐन बनेसँगै बढी चासो देखिएको हो। ‘चोरी मात्र नभई तीन प्रकारले हाम्रा सम्पदा अन्य मुलुक पुगेका छन्’, उनी भन्छन्, ‘उपहारका रूपमा, बेचिएर र चोरिएर।’

विदेश पुर्‍याइएका मूर्तिलगायत अन्य बहुमूल्य वस्तु प्रमाण पुगेपछि फिर्ता ल्याइएको उनको भनाइ छ। देशको विशिष्ट र मौलिक पहिचान बोकेका सम्पत्तिलाई संरक्षण गर्नु सरकारको दायित्व रहेको उनको भनाइ छ। सन् १९५० अघि नेपालबाट के कति सांस्कृतिक सम्पदा बाहिरिए भन्ने तथ्यांक सरकारसँग पाइँदैन। यो विभाग २००९ सालमा स्थापना भयो। २०१३ सालमा प्राचीन स्मारक संरक्षण ऐन बन्यो। त्यसपछि मात्र पुरातात्विक वस्तुको संरक्षण गर्न थालिएको दाहाल बताउँछन्। विश्वका प्रख्यात संग्रहालयमा राखिएका नेपाली कलाकृति नेपालबाट हजारांै संख्यामा बाहिरिएको नकार्न नसकिने उनको भनाइ छ। 

पुरातात्विक महत्वका पाँच मूर्ति हालै मात्र नेपाल ल्याइएको छ। तिनीहरू उत्पत्तिस्थल नेपाल भएको पुष्टयाइँ विभागले गरेपछि अमेरिकाको सिकागोबाट प्राप्त गरिएको हो। पाँचौं, छैटौं शताब्दीको विशेष प्रकारको तीन तहको ब्रम्ह्भाग, विष्णुभाग र शंकर भाग खमबादेखि बनेको प्रस्तरको चतुर्मुखी शिवलिंग छ। जुन सन् १९८० आसपास पशुपति परिसरबाट चोरी भएको थियो। 

अमेरिकाकै देनभर आर्ट म्युजियम डीएएमको एसिएन कलेक्सनमा रहेको ललितपुर महानगरपालिका–११ को गाः हिटी हालको गाः हिटी टोल सुधार समितिको कार्यालय भवनबाट सन् १९६० मा हराएको १०औं शताब्दीको प्रस्तरको उमामहेश्वरको मूर्ति छ। ती मूर्तिहरू १२ र १३औं शताब्दितिरको राजकीय स्वरूपको मानवकार पदममणी लोकेश्वर अर्थात् बोधसत्व अवलोकितेश्वर मूर्ति र १६औं शताब्दीको प्रस्तरको शाक्यमुनि बुद्धको मूर्ति भने सन् १९५० पछिको कुनै वर्षमा नेपालबाट हराएर उक्त ट्रस्टमा पुगेको बुझिन्छ। 

यसरी विभिन्न समयमा हराएका यी ५ कलात्मक विभिन्न माध्यम हँुदै त्यहाँ पुगेका हुन्। उक्त मूर्ति विभागले सुरक्षा, संरक्षण र अनुसन्धान कर्ताहरूसम्मको पहँुचका लागि राष्ट्रिय संग्रहालयलाई हस्तान्तरण गर्ने र साविककै स्थानमा पुनः स्थापना गर्ने भएको छ। यी पुराना मूर्ति नेपाल ल्याउन यूपीएस कार्गोले सहयोग गरेको जनाइएको छ। यस्तै, अमेरिकास्थित आर्ट इन्स्टिच्युट अफ सिकागो डेर्भर आर्ट म्युजियम, मर्लिन बी एल्सडोर्फ ट्रस्ट, नेपाली राजदूतावासलेउक्त कार्यमा सहयोग गरेका थिए। 

सरकारले मूर्ति ल्याउन २० लाख रुपैयाँ छुट्ट्याएको गौतमको भनाइ छ। थप रकम सरकारले लगानी गर्ने उनी बताउँछन्। उनका अनुसार भेटिएका मूर्तिहरूको प्रकृति हेरेर रकम खर्च हुने गरेको छ। हालसम्म भेटिएका मूर्ति सिधै कार्गोबाट ल्याउने गरिएको छ। 

अहिले भने मूर्ति चोरी निकासी नहुने गरेको उनको भनाइ छ। ‘चोरी निकासी गरी बाहिर लैजान पाइँदैन। यहाँबाट  लगेर मात्र भएन् । जहाँ लगे पनि त्यस ठाउँमा पनि कहाँबाट कसरी र किन ल्याएको स्पष्टीकरण दिनुपर्छ । त्यसैले अब चोरी गरेर लैजान सहज छैन’, उनी भन्छन्।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.