सलमानको सल्लाहमा नाम परिवर्तन

सलमानको सल्लाहमा नाम परिवर्तन

मुम्बई : कियरा आडवाणी भारतीय चलचित्र उद्योग बलिउडकी पछिल्लो पुस्ताकी चर्चित अभिनेत्री हुन्। उनले सन् २०१४ मा ‘फग्ली’बाट रंगीन पर्दामा पाइला राखेकी हुन्।

त्यसपछि चर्चित भारतीय क्रिकेटर महेन्द्रसिंह 
धोनीको बायोपिक ‘एमएस धोनी : द अनटोल्ड स्टोरी’मा काम गरेकी उनलाई चर्चामा ल्याउने काम यही चलचित्रले गरेको हो। यस चलचित्रमा उनले धोनीकी श्रीमती साक्षीको भूमिका निभाएकी छिन्। कियराले त्यसपछि ‘कविर सिंह’ फिल्मबाट पनि राम्रै चर्चा बटुल्न सफल भइन्। 

चलचित्र क्षेत्रमा प्रवेश गर्नुपूर्व उनी स्कुलमा काम गर्थिन्। आफ्नी आमा पनि शिक्षिका भएका कारण आमाकै स्कुलमा उनले काम गर्थिन्। कियराको जन्म मुम्बईमा भएको हो। उनको असली नाम आलिया आडवाणी थियो। कियराका बुवा जगदीश आडवाणी व्यापारी थिए भने आमा शिक्षिका थिइन्। 

कियराले बलिउड सुपर स्टार सलमान खानको सल्लाहमा आफ्नो नाम परिवर्तन गरेकी हुन्। बलिउडमा आलिया भट्ट पहिलेदेखि नै रहेकाले नाम परिवर्तन गर्न सुझाव दिएका थिए। एउटै नामका धेरै कलाकार फिल्म उद्योगमा हुनु राम्रो नहुने भन्दै सलमानले नाम परिवर्तन गर्न सुझाव दिएका थिए। सलमानको सुझावलाई आत्मसाथ गर्दै आलिया आडवाणीले आफ्नो नाम ‘कियरा’ राखेकी हुन्। 

पछिल्लो समय कियरा थुप्रै चलचित्रको काममा व्यस्त छिन्। उनी ‘भूल भुलैया–२’, ‘जुग जुग जियो’ र ‘गोविन्दा मेरा नाम’ चलचित्रमा देखिँदै छिन्। पछिल्लो समय कियरा अर्को कारणले चर्चामा छिन्। उनी प्रेमी सिद्धार्थ मल्होत्रासँगको ‘ब्रेक अप’ का कारण चर्चामा रहेकी हुन्। लामो सयमदेखि प्रेममा रहेका उनीहरू छुट्टिएको समाचार भारतीय सञ्चार माध्यममा आइरहेका छन्। तर, सिद्धार्थ र कियराले भने यस बारेमा केही बोलेका छैनन्। 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.