मिटरब्याजीविरुद्ध भंगहाका पीडितहरु अदालत जाँदै

मिटरब्याजीविरुद्ध भंगहाका पीडितहरु अदालत जाँदै

काठमाडौं : महोत्तरीको पीडितहरु मिटरब्याजीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिने तयारीमा जुटेका छन्। भंगहा नगरपालिका-६ का साहुकारद्वय राजकरण साह, रघुविर साह र भंगहा-५ का अनुरुद साहले सयौं गरिबहरुलाई घरबारविहीन बनाएका छन्।

थोरै ऋण लिएर धेरैको दिएको नक्कली कागज बनाएर उनीहरुले स्थानीय दलित, थारु, विपन्नका जायजेथा हड्पेका छन्। पीडकलाई कारबाही गराउन वकिलबाट मुद्दा लेखाइरहेका समाजिक अभियन्ता शंकर महतोले बताए। केही दिनमै मुद्दा दर्ता गराएर पीडकविरुद्द अदात जाने उनले बताए।

पूर्व शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सरकारसँग मिटरब्याजीलाई कारबाही गर्नुपर्ने संसद्मा माग गरेका थिए। उनले संसद्मा बोल्दै उनले गरिबलाई उठिबास लगाउने साहुकारहरुलाई कानुनी कठघारामा उभियानु पर्ने माग गरे।

मन्त्री पोखरेलका अनुसार अन्नपूर्ण पोस्ट्ले २०७७ माघ २७ गते ‘गरिब रुवाउँदै मिटरब्याजी’ भन्ने शीर्षकमा मिटरब्याजीबाट पीडितहरुको व्यथा प्रकाशित गरेको थियो।

‘निरक्षरताको फाइदा उठाएर गरिब सोझासादा ब्यक्ति नक्कली तमसुक बनाई अदालतमा मुद्दा मिटर ब्याजीले गरिब तथा विपन्न परिवारको उठिबास लगाउँछन्,’ उनले भने, ‘ऋण तिर्न नसक्दा गरिबहरुको जग्गा साहुकारले हड्पने गरेका छन्।’

नेता पोखरेलका अनुसार मिटर ब्याजी राजकरण साहले भंगहा टोलका गरिब मुहसर श्रीकृष्ण सदा, रामबाबु  सदा, सिमल सदा, सतो ठाकुर, भोला चौधरीलगायतका ब्यक्तिलाई केही हजार रकम दिएर लाखौंको ऋण दिएएको कपाली कागज गराएका थिए। विभिन्न जालझेल गरी गरिबहरुलाई लाखौंको रकम दिएको कपाली कागजको आधारमा अदालतमा मुद्दा हालेर उनीहरुलाई रुवादैं आएको छ।

साहुकार साहले जिल्ला अदालत, सिरहाको खरिदार रहेकोले पनि स्थानीय प्रशासनसँग मिलेमतोमा उल्टै पीडित किसानहरुविरुद्ध जिल्ला अदालत, जलेश्वर, महोत्तरीमा विगत २ वर्षदेखि मुद्दा चलाइरहेको नेता पोखरेलले संसदमा खुलासा गरेका थिए।

सुधखोरहरुले मधेसका जिल्लामा सोझसिधालाई केही हजार रकम ऋण दिएर लाखौंका जग्गाजमिन अदालतमा मुद्दा हालेर हड्पदै आएका छन्।

‘मिटरब्याजी प्रथाको उन्मुलन गरोस भन्ने सरकारलाई ध्यानाकर्षण गराउँछु,' नेता पोखरेलले भने, ‘मिटरब्याजीको समस्या मधेसको मात्रै नभएर सिङ्गो देशको समस्या नै हो।’ तराई मधेसमा थोरै ऋण दिएर करोडौं रुपैयाँ बराबरको सम्पत्ति हड्प्ने प्रवृति निकै वर्षदेखि फस्टाइरहेको उनले उल्लेख गरे।

कानुनी राज्यको अभाव र पर्याप्त चेतनाको अभावमा यस्ता सामाजिक अपराधमा संलग्नहरु सलबलाई रहेको नेता पोखरेलले बताए। उनले भने, ‘जग्गाधनीलाई सडकमा रोइकराई गर्नुपर्ने अवस्थामा पुर्‍याएर आफू भने आलिसान जिन्दगीमा रमाउनेलाई कडा कारबाही गर्नुपर्छ।’

मिटरब्याजीको विरुद्धमा विभिन्न संघर्षहरु भएका छन्। यसक्रममा मिटरब्याजीको विरुद्धको आन्दोलनको क्रममा सर्लाहीमा डाचाराज वाग्लेको रहस्यमय हत्या भएको उनले बताए।

‘यो मुद्दा जिल्ला अदालतमा पुग्यो तर डाचाराजजीको केसमा औपचारिकतामात्र पूरा गरेको महसुस हुन्छ। सीबीआईले अनुसन्धान गरे पनि डाचाराजजीले न्याय पाएको अनुभुति भएको छैनन,’ उनले भने, ‘मिटरब्याजीको उन्मुलनका लागि अब योजनाहरुको कार्यान्वयनको चरणमा जानुपर्नेछ।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.