क्यान्सर रोगीलाई अर्घाखाँची कोरिया सम्पर्क समितिको सहयोग
![क्यान्सर रोगीलाई अर्घाखाँची कोरिया सम्पर्क समितिको सहयोग](https://annapurnapost.prixacdn.net/media/albums/20220620_111936_20220620163230_EjCgmQiYsy.jpg)
सन्धिखर्क : अर्घाखाँचीको सन्धिखर्क नगरपालिका १० बेल्टारीका क्यान्सर रोगी प्रेमबहादुर थापाको उपचारका लागि आर्थिक सहयोग रकम हस्तान्तरण गरिएको छ।
अर्घाखाँचीबाट रोजगारीमा गएकाहरुको साझा सस्था अर्घाखाँची कोरिया सम्पर्क समिति पहलमा संकलन भएको ८३ हजार रुपैयाँ क्यान्सर रोगी थापालाई हस्तान्तरण गरिएको हो।
घरको आर्थिक अबस्था कमजोर भए पछि उपचारमा आर्थिक समस्या उत्पन्न भएको जानकारी पाएपछि अर्घाखाँची कोरिया सम्पर्क समितिको सल्लाहाकार बाबुराम आचार्यको संयोजकतवमा आर्थिक सहयोग अभियान संचालन गरिएको थियो।
आचार्यको पहलमा कोरियामा संकलन भएको ८३ हजार रुपैयाँ नेपाल पत्रकार महासंघका लुम्विनी प्रदेश सदस्य प्रेमनारायण आचार्यले थापाको घरमै पुगेर हस्तान्तरण गरेका हुन्।
क्यान्सर रोगी थापाको नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर ललितपुरमा उपचार भइरहेको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)