भैरहवा पुगेर गृहमन्त्रीले भने : आर्थिक संकटको मिलेर सामना गरौं

भैरहवा पुगेर गृहमन्त्रीले भने : आर्थिक संकटको मिलेर सामना गरौं

भैरहवा : नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशको चौथो प्रदेश सभा शुक्रबार भैरहवामा सम्पन्न भएको छ। लुम्बिनी प्रदेशमा रहेका १२ जिल्लाका ३७ वटा जिल्ला तथा नगर बाणिज्य संघहरु १ सय ३१ एसोसिएट गरी करिब ३ सय जनाको सहभागीता रहेको कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले आर्थिक समस्या र सरकारको असहयोगको विषय उठान गरेका थिए।

सभामा बोल्ने उद्योगी व्यवसायीहरुले अहिले देशमा देखिएको आर्थिक समस्या ईतिहासकै सबैभन्दा ठूलो समस्या भएको बताए। नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष शेखर गोल्छाले अहिले आर्थिक गतिविधि सुस्त रहेको जिकिर गर्दै यस्तो अवस्थामा ८ प्रतिशत विकास वृद्धि दर राखेर आएको बजेट निजि क्षेत्रले विश्वास गर्न नसकेको बताए। उनले बैंकिङ्ग क्षेत्रमा देखिएको तरलताको कारण बहुपक्षिय समस्या निम्त्याएको बताए।

सरकारद्वारा एकै प्रकृतिको उद्योगमा अलग अलग करको दर कायम गरेको, कच्चा पदार्थमा अन्तःशुल्क असुल गरेको लगायतको आरोप लगाउँदै सरकारले आर्थिक अवश्था सुधारको पक्षमा लाग्न आग्रह गरेका थिए।

कार्यक्रममा बोल्दै उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले प्रदेश भित्र रहेका उद्योगी ब्यवसायीलाई जिम्मेवार र उत्तरदायीत्व सहितको व्यवसाय गर्न उत्प्रेरित गरिने बताए। उनले प्रदेशलाई आर्थिक, सांस्कृतिकरुपमा समुन्नत बनाउन ब्यवसायी तत्पर रहेको र यस अभियानलाई सफल पार्न केन्द्र, प्रदेश र स्थानीय सरकार र निजि क्षेत्रबीच हातेमालो आवश्यक रहेको औल्याए।भालाई सम्बोधन गर्दै गृहमन्त्री बालकृष्ण खाँणले अहिलेको अर्थतन्त्रको गम्भिर अवस्था पार लगाउन सबै हातेमालो गरेर अगाडी बढ्नु पर्ने बताए। संकटको समयमा उद्योगी व्यवसायीहरुले पनि सरकारलाई सहयोग गर्नु पर्ने उनले जिकिर गरे।

सरकार र यसका निकायहरु संचालनका लागि रकमको आवश्यकता पर्ने र उक्त रकम राजश्व जस्ता श्रोतबाट आउने भएकोले अहिलेको जटिल अवस्थामा सरकारलाई सहयोग गर्न उनले व्यवसायीहरुलाई आग्रह गरे।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.