लागूपदार्थविरुद्ध स्कुले विद्यार्थीलाई सचेतना

लागूपदार्थविरुद्ध स्कुले विद्यार्थीलाई सचेतना

जाजरकोट : पछिल्लो समय लागूपदार्थ दुर्व्यसनीमा अधिकाँस स्कुले विद्यार्थी फस्दै गएपछि यसविरुद्ध सचेतना अभियान थालिएको छ। जाजरकोटका प्रहरी प्रमुख डिएसपी सन्तोष निरौला आफैं विद्यालयमा पुगेर विद्यार्थीलाई लागूपदार्थ दुर्व्यसनीविरुद्ध सचेतना दिन थालेका छन्।

जिल्लाका धेरै विद्यालयमा आफैं पुगेर डिएसपी निरौलाले विद्यार्थीलाई लागूऔषध उत्पादन, सेवन, बिक्रिवितरण तथा ओसारपसार र दुरुपयोग सम्बन्धी सचेतना कक्षा दिँदै आएका छन्। आईतबारमात्र अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करीविरुद्धको दिवसको अवसर पारेर स्वास्थ्य सेवा कार्यालय र जिल्ला प्रहरी कार्यालय जाजरकोटको आयोजनामा त्रिभुवन मावि खलंगाका दुई सय बढी छात्रछात्रालाई लागू औषधबाट हुने शारिरीक, मानसिक तथा सामाजिक असरबारे डिएसपी निरौलाले प्रशिक्षण दिएका छन्।

कुलतमा कोही पनि बालबालिका नफसुन भनेर आफूले दुर्व्यसनीविरुद्धको सचेतना अभियान नै थालेको डिएस्पी निरौलाले बताए। सरोकारवाला सँगको सहकार्यमा यो अभियानले सार्थकता पाउने उनको विश्वास छ।

पछिल्लो समय १२, १३ वर्ष माथिका युवाहरुमा लागूपदार्थ सेवन गर्ने कुलत देखिएको स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख नवराज कडेलले बताए। लागूपदार्थको कुलतले ब्यक्ति, घरपरिवार र समाजलाई नै अपाङ्ग सरह बनाइदिने भएकोले बेलैमा सरोकारवाला सबै सचेत हुनु पर्ने उनको भनाई छ।

जाजरकोटमा लागूपदार्थको मुख्य स्रोतकोरुपमा रहेको गाँजा र अफिम खेती हुने गरेको छ। प्रहरीले गाँजा र अफिमका बोट नै नष्ट गर्ने अभियान चलाएपनि लुकीछिपी यसको खेती गर्ने परम्परा हट्न सकेको छैन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.