कञ्चनपुरमा घर भत्किदा ४ महिने बालिकाको मृत्यु

कञ्चनपुरमा घर भत्किदा ४ महिने बालिकाको मृत्यु

महेन्द्रनगर : कञ्चनपुरको बेदकोट नगरपालिका-५ स्थीत पोखरीमा बुधबार दिउँसो घर भत्किदा ४ महिने बालिकाको ज्यान गएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बेदकोट नगरपालिका-४ धरमपुरकी ४ महिने करिश्माको खुनाको मृत्यु भएको हो। घटनामा अन्य दुई जना घाईते भएका छन्। स्थानीय प्रेम साउदको जग्गा अधिया बनाउन गएका बेला पार्वती खुनाले ४ वर्षिया छोरी र ११ वर्षिया छोरा अर्जुन खुनालाई उक्त घरमा छोडेर रोपाई गरिरहेकी थिईन।

कच्ची घर भत्किएपछि घरले च्यापिदा धरमपुरकी ४ महिने करिश्माको खुनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लाल बहादुर बमले जानकारी दिए। घटनामा परेर सोही वडाका ४० वर्षिय मान्टे थारु र ११ वर्षिय अर्जुन खुना घाइते भएका छन्। उनको महाकाली अस्पतालमा उपचार भइरहेको छ। थारु रोपाई सकेर आराम गर्नका लागि उक्त घरमा पसेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.