भैरहवामा बजार अनुगमन : ठूलो परिमाणमा पेन्ट जफत, आठवटा व्यवसायिक प्रतिष्ठान कारवाहीमा

भैरहवामा बजार अनुगमन : ठूलो परिमाणमा पेन्ट जफत, आठवटा व्यवसायिक प्रतिष्ठान कारवाहीमा

भैरहवा : भैरहवामा बजार अनुगमन गरेर आठवटा व्यवसायिक प्रतिष्ठानलाई कारवाही गरिएको छ ।

शुक्रबार, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण, जिल्ला प्रशासन, घरेलु तथा साना उद्योग, खाद्य, प्रविधि तथा गुण नियन्त्रण कार्यालयलगायतको संयुक्त बजार अनुगमन टोलीले बजार अनुगमन गरेका हो । 

१३ वटा व्यवसायिक प्रतिष्ठानमा गरिएको अनुगमनमा ८ प्रतिष्ठानलाई कारवाही गरिएको छ भने अन्य पाँचवटालाई पहिलो पटकका लागि सचेत गराइएको छ । ८ वटामध्ये ५ वटाको सामान जफत, दुईवटालाई जरिवाना र एउटा सामान जफत तथा जरिवाना कारवाही गरिएको हो ।

बजार अनुगमनबाट म्याद गुज्रिएका ठूलो परिमाणमा घरमा लगाउने पेन्ट जफत गरिएको छ । संयुक्त बजार अनुगमन टोलीले विभिन्न पसलमा अनुगमन गरेर उपभोक्ताले प्रयोग गर्न नमिल्ने म्याद गुज्रिएको एक लाख ५१ हजार चार सय ४७ रुपैयाँ बराबरको विभिन्न वस्तु जफत कारवाही र तीनजनालाई ४० हजार रुपैयाँ जरिवाना कारवाही समेत गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय भैरहवाका अधिकृत एवं अनुगमन टोलीका निरीक्षक अधिकृत टेकराज भट्टराईले बताए ।

उनका अनुसार गौरीशंकर कलर हाउसले बिक्री गर्न लागि राखेको ५५ हजार एक सय रुपैयाँ बराबरको म्याद गुज्रिएको पेन्ट जफत गरी कारवाही गरिएको उनले बताए । त्यस्तै टोलीले प्रभु पेन्ट स्टोरबाट पनि ५५ हजार ६ सय रुपैयाँ र जगदम्बा पेन्ट्सबाट १९ हजार ८ सय १७ रुपैयाँ बराबरको म्याद गुज्रिएको पेन्ट जफत गरी कारवाही गरेको छ ।

त्यस्तै, टोलीले गणेश बेकरी उद्योगले बिक्री गर्न राखेका वस्तुमा साङला भेटिएकोले ४ हजार ६ सय रुपैयाँ बराबरको साम्रगी र एसके प्लाई हार्डवेयरबाट ७ सय २० रुपैयाँ बराबरको म्याद गुज्रिएको फेबिकोल जफत गरी कारवाही गरेको छ ।

यस्तै, न्यू बुद्ध ट्रेड सप्लायर्समा गरिएको अनुगमनले १५ हजार ६ सय १० रुपैयाँ बराबरको उपभोक्ताले प्रयोग गर्न नमिल्ने पेन्ट बरामद गरी २० हजार रुपैयाँको जरिवाना कारवाही गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय भैरहवाका नासु नारायण पन्थीले बताए । ‘यस सप्लायर्समा बिक्री गर्ने वस्तुको मूल्यमा केरमेट गरिएको, वस्तुमा रिलेबलिङ गरेको लगायत गर्न नमिल्ने कार्य गरेको देखिएकोले वस्तु जफत गरी जरिवाना कारवाही गरिएको हो,' उनले भने ।

उनका अनुसार बिल बिजक नरहेको बाबा जनरल स्टोर र लेडिज कपडाको विक्री गर्ने विवाह कल्केसनलाई दश/दश हजार रुपैयाँ जरिवानासहित कारवाही गरिएको छ ।

अनुगमनबाट जफत गरिएका सामग्रीहरु रितपूर्वक नष्ट गरिने अनुगमन टोलीका निरीक्षक अधिकृत भट्टराईले बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.