अर्थमन्त्री जनार्दन शर्माले दिए राजीनामा

अर्थमन्त्री जनार्दन शर्माले दिए राजीनामा

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन्। बुधबार संसद बैठकमा आफ्नो कुरा राखिसकेपछि उनले राजीनामा घोषणा गरेका हुन्।

अनाधिकृत व्यक्तिलाई सहभागी गराएर बजेटमा करको दायरा हेरफेर गरेपछि अर्थमन्त्री शर्मा विवादित बन्दै आएका छन्। मन्त्री पदबाट राजीनामा दिन उनलाई चौतर्फी दबाबसमेत आएको थियो।

अन्नपूर्ण पोस्ट्को छापा संस्करणमा गत ३० जेठमा 'बिहानी प्रहर जब पूर्वनासुले बजेट चलाए..' शीर्षकमा समाचार प्रकाशित भएको थियो। 

त्यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्मालाई तत्काल बर्खास्त गर्न माग गरेको थियो। एमालेका तर्फबाट योगेश भट्टराईले जनसुकै उपायबाट भए पनि राजीनामा गराउनुपर्ने बताएका थिए।

'सभामुखज्युले अर्थमन्त्रीलाई बोल्ने समय दिनुभएको छ। त्यसमा हाम्रो विमत्ति छ। गम्भीर आपत्ति छ। अर्थमन्त्रीको हैसियतामा उहाँलाई बोल्ने अधिकार छैन,' उनले भने, 'कुन उपायबाट हुन्छ पहिले उहाँलाई राजीनामा गर्न लगाउनुस् कि त प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्‍यो।'

उनले संसदीय समितिले दोषी पत्ता लगाउने नभई अर्थमन्त्रीलाई कारबाही सिफारिस गर्ने बताएका थिए। 'उहाँ स्वतः दोषी हुनुहुन्छ। संसदीय समितिले दोष पत्ता लगाउने पनि होइन। समितिले के कारबाही गर्ने भन्ने अध्ययन गर्ने हो,' उनले भने। 

उनले अनाधिकृत व्यक्तिलाई संलग्न गराएर करको दायरा हेरफेर गरेको, सीसीटीभी फुटेज मेटाएको लगायत कुराहरु आएकाले पदमै आसीन रहँदा सूचनाहरु मेटाउनसक्ने बताएका थिए। 'उहाँलाई पदमा राखेर कुनै पनि छानबिन हुन सक्दैन। पदमा बस्ने हो भने पदको दुरुपयोग भएर सूचना गायब हुनसक्छ,' उनले भने। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.