बाजुराको बुढीगंगाको त्रिशक्ति मावि मतदान केन्द्रमा तनाव, प्रहरीले गर्‍यो हवाई फायर

बाजुराको बुढीगंगाको त्रिशक्ति मावि मतदान केन्द्रमा तनाव, प्रहरीले गर्‍यो हवाई फायर

बाजुरा : बुढीगंगा नगरपालिका-९ को त्रिशक्त मावि मतदान केन्द्रमा तनावको स्थिति सृजना भएको छ। 

नेकपा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच विवाद उत्पन्न भएपछि प्रहरीले हवाई फायर समेत गरेको छ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले अन्नपूर्णलाई जानकारी दिए । उनले भने,'  स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्यो। अहिले अवस्था सामान्य छ। मतदान सुरु भइसकेको छ।'

तनावको स्थिति सिर्जना भएपछि केही समय मतदान स्थगित भयो।

३० वैशाखमा स्थगित भएको निर्वाचन बिहीबार बिहान ७ बजेदेखि पुनः मतदान भइरहेको छ ।

वैशाख ३० गते भएको निर्वाचनमा धाँधली भएपछि मतदान स्थगित भएको थियो।

सो नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका रंगबहादुर खाती र एमालेका रामबहादुर बानियाँ उम्मेदवार छन् ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.