बुढीगंगाको मतगणना ११ बजेबाट हुने

बुढीगंगाको मतगणना ११ बजेबाट हुने

बाजुराः बिहीबार सम्पन्न भएको बुढीगंगा नगरपालिकाको मतगणना आज ११ बजेबाट सुरु हुने भएको छ। बिहान बसेको सर्वदलिय बैठकले ११ बजेबाट मतगणना गर्ने निर्णय गरेको बुढीगंगा निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ। 

बिहीबार भएको निर्वाचनमा साँझ निर्वाचन अधिकृत्तको कार्यालयले मतपेटीका बुझेर शुक्रबार बिहान सर्बदलिय बैठक बोलाएको थियो। बिहान नेपाली कांग्रेसका नेताहरु समयमा नआउँदा सर्बदलीय बैठक साढे ९ बजे मात्र सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ। मतगणना  २/२ वडाको गरि गरिने सहमति भएको छ। मतगणनास्थलमा सुरक्षा ब्यवस्था कडा पारिएको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बताए। 

बैशाख ३० गतेको निर्वाचनमा धाँदली भएको भन्दै रोकिएको निर्वाचन असार २३ गते कडा सुरक्षाका साथ शान्तिपूर्ण तरिकाले सम्पन्न भएको छ। मतगणना अवधिभर बुढीगंगा नगरपालिकामा सुरक्षा ब्यवस्था कडा पारिने प्रहरीले बताएको छ। हिजो सम्पन्न निर्वाचनमा ६६.८३ प्रतिशत मत खसेको थियो। बुढीगंगा नगरपालिकामा एमालेबाट प्रमुखमा रामबहादुर बानियाँ र गठबन्धनबाट नेपाली कांग्रेसका रंगबहादुर खाती चुनावी मैदानमा छन्। उपप्रमुखमा एमालेबाट माया खड्का र गठबन्धनबाट नेपाली कांग्रेसकी रिता शाही उम्मेदवार बनेका छन्। 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.