बुढीगंगा नगरपालिकाको मेयरमा एमालेका बानियाँ ९५८ मतले अगाडि
बाजुरा : बुढीगंगा नगरपालिकाको मेयरमा एमालेले अग्रता कायम राखेको छ।
पछिल्लो मतमरिणामअनुसार मेयर पदका उम्मेदवार नेकपा एमालेका रामबहादुर बानियाँ ९५८ मतले अगाडि छन्। उनलाई गठबन्धनबाट कांग्रेसका मेयरका उम्मेदवार रंगबहादुर खातीले पछाइरहेका छन्।
८ हजार ६१७ मतगणना हुँदा एमालेका उम्मेदवार बानियाँले ४ हजार ५५५ प्राप्त गरेका छन् भने कांग्रेसका उम्मेदवार खातीले ३ हजार ५ सय ९०७ मत प्राप्त गरेका छन्।
यस्तै, उपमेयरमा पनि एमालेले अग्रता कायम राखेको छ। एमालेबाट उपमेयरको उम्मेदवार माया खड्का ८८० मतले अगाडि छन्।
उनले ४ हजार ४८० मत प्राप्त गर्दा कांग्रेसकी उपमेयरकी उम्मेदवार रिता शाहीले ३६०० सय मत प्राप्त गरेकी छन्।
गत बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा धाँधली भएको भन्दै उजुरी परेपछि निर्वाचन आयोगले बिहीबार पुनः निर्वाचन गरेको थियो।