गर्मीले तराईको जनजीवन अस्तव्यस्त, बिरामी हुनेहरु बढे
![गर्मीले तराईको जनजीवन अस्तव्यस्त, बिरामी हुनेहरु बढे](https://annapurnapost.prixacdn.net/media/albums/garmi_ktm_20180707102428_v0DJIeQVoW.jpg)
विराटनगर : एक्कासी बढेको गर्मीले तराईको जनजीवन अस्तव्यस्त बनेको छ। पूर्वी तराईमा विगत तीन दिनदेखि बढेको अत्यधिक गर्मीले जनजीवन अस्तव्यस्त बनेको हो।
गर्मीले गर्दा विरामी हुनेको संख्यामा समेत वद्धि भएको छ भने तापमान वृद्धिले बेहोस हुने विरामीको संख्या दिनानुदिन बद्दै गएको छ।
वायुमण्डलीय तापक्रम वृद्धिसँगै हावा नचल्नु र हावा चल्दा पनि तातो हावा आउनुले बढी गर्मीको महसुस सर्वसाधारणहरुले गर्ने गरेका छन्। वतावरण विज्ञ रामचन्द्र अधिकारीका अनुसार सूर्यको तापक्रम बढेका बेला हावा चले पनि तातो हुने भएकाले गर्मी बढेको हो।
अधिकारीले हावा चले पनि तातो हुने भएकाले पानीको बाफले पनि गर्मीको महसुस गराउने गरेको बताए। वर्षाको समय भएकाले पानीको बाफ धेरै नै भएको उनले बताए। जेठ महिनादेखि साउनसम्म अत्यधिक गर्मी हुने गरेको उनको भनाइ छ।
'वायुमण्डलीय चाप बढी हुने भएकाले पानीको बाफले गर्दा शरीरमा घमौरा आउने, लु लाग्ने, बेहोस हुनेजस्ता समस्या आउने गरेको छ,' उले भने।
जल तथा मौसम विज्ञान फिल्ड कार्यालय विराटनगरका प्रमुख विकास देउजाले सोमबार १२ बजे विराटनगरका तापक्रम ३४ डिग्री रहेको बताए। त्यस्तै अघिल्लो दिन ३५ दशमलव ७ मापन गरिएको उनले बताए।
अत्यधिक गर्मीले बजार, शैक्षिक संस्था, सरकारी कामकाजसमेत प्रभावित भएको छ। गर्मी बढ्दा बजारमा सर्वसधारणको चहलपहलमा समेत कमी आएको छ। गर्मी बढेका बेला नियमित विद्युत् आपूर्ति नहादा झन् समस्या उत्पन हुने गरेको छ।
नियमित पानी पर्दा वायुमण्डलीय तापक्रम घटाउन सहयोग गर्ने भए पनि पछिल्लो एक सातामा पानी नपरेका कारण गर्मी बढी भएको जल तथा मौसम विज्ञान विभाग विराटनगरले जनाएको छ।
गर्मी बढेसँगै बेहोस हुने बढे
विगत तीन दिनदेखि बढेको अत्यधिक गर्मीले गर्दा बेहोस र ‘लु' (हिट स्टोक) लाग्नेको संख्या बढ्दै गएको छ। गर्मीले काम गर्दा बेहोस हुने, दिमाग काम नगर्ने, चक्कर लाग्ने लगायतका लक्षण आएर ‘लु ‘लाग्ने गरेको हो। गर्मीले बेहोस भएर आउनेको संख्या दिनानुदिन बढ्दै गएको कोशी अस्पतालका मेसु यज्ञ खरेलले बताए।
उनका अनुसार बेहोस भएर आउने विरामीको संख्या बढेको हो। उनले दैनिक ५ देखि १० जना बेहोस भएर आउने गरेको सुनाए।
गर्मीका बालबालिका झाडापखाला, ज्वरो लाग्ने निमोनिया लाग्ने, करिब ४० देखि ५० जना उपचारार्थ आउने गरेको अस्पतालले जनाएको छ। कोशीको आकश्मिक विभागको झ्यालमा समेत राखेर उपचार भइरहेको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)