जाजरकोटमा उत्कृष्ट कृषक र सहकारी पुरस्कृत

जाजरकोटमा उत्कृष्ट कृषक र सहकारी पुरस्कृत

जाजरकोट : जिल्लामा कृषि क्षेत्रमा उत्कृष्ट कार्य गर्ने कृषकहरु, कृषि सहकारी तथा अन्य सहकारीलाई नगद पुरस्कारसहित सम्मानित गरिएको छ।

कृषि विकास कार्यालयले उत्कृष्ट किसान तथा सहकारीलाई पुरस्कारसहित सम्मान गरेको हो। जिल्ला समन्वय समितिका संयोजक कालीबहादुर खत्रीले कृषक तथा सहकारीलाई पुरस्कार तथा प्रमाण पत्र प्रदान गरेका हुन्।

उत्कृष्ट कृषकलाई नगद १० हजार र उत्कृष्ट सहकारीलाई नगद २० हजार नगद र सम्मान पत्रसहित सम्मानित गरिएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख रविन धितालले बताए। उनकाअनुसार सम्मानित हुने कृषकमा मौरी पालनतर्फ मनबहादुर राना, भेरी- १ जाजरकोट, तरकारी खेतीतर्फ दिपेन्द्रबहादुर बस्नेत, जुनिचाँदे- ११ जाजरकोट, बीउ उत्पादनतर्फ दयाराम बिष्ट, नलगाड- ३ जाजरकोट, फलफुल खेतीतर्फ भीमबहादुर शाह, कुशे गापा ५ जाजरकोट, आलु बालीतर्फ – अनिता पुन, छेडागाड नपा १० जाजरकोट, मसला बालीतर्फ भीमप्रसाद रेग्मी,  शिवालय गापा ९ जाजरकोट, खाद्यान्न बालीतर्फ भीमबहादुर सिंह, बारेकोट गा पा ४ जाजरकोटलाई नगद १० हजार र सम्मानपत्र प्रदान गरिएको छ।

त्यस्तै कृषि सहकारीतर्फ लालिगुराँस कृषि सहकारी संस्था लि भेरी न पा ८ जाजरकोट र अन्य सहकारीतर्फ जनमुखी बहुउद्देश्यीय सहकारी संस्था लि, नलगाड न पा २ जाजरकोटले नगद २० हजार र सम्मानपत्र प्राप्त प्रदान गरिएको छ। कार्यालयले यसअघि उत्कृष्ट कृषक छनौटका लागि आफ्नो कृषि पेशामा ब्यवसायिकतासहितको योगदान गरेको प्रस्ताव पेश गर्न आह्वान गरेको थियो। सोही प्रस्ताव र स्थलगत अवलोकनका आधारमा उत्कृष्ट कृषक छनौट गरिएको जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकारी टोपेन्द्र नेपालीले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.