पर्वतमा करेण्ट लागेर वडा सदस्यको मृत्यु

पर्वतमा करेण्ट लागेर वडा सदस्यको मृत्यु

कुश्मा : पर्वतमा करेण्ट लागेर वडा सदस्यको मृत्यु भएको छ। जिल्लाको विहादी गाउँपालिका-१ बाच्छाका ३९ वर्षिय दिपक गुरुङको शनिबार दिउँसो करेण्ट लागेर मृत्यु भएको हो।

गुरुङको घरमा टाँगिएको फलामको तारमा कपडा सुकाउँदा करेण्ट लागेको र घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिए। मृतकको शव पोष्टमार्टमका लागि पर्वत अस्पतालमा ल्याईएको छ।

मृतक गुरुङका दुई छोरी र एक छोरा र श्रीमती रहेका छन्। उनी गत स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट सदस्यमा विजयी भएका थिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.