धानको व्याड सुक्यो, रोप्न पानी छैन

धानको व्याड सुक्यो, रोप्न पानी छैन

दाङ : दाङको तुलसीपुर उपमहानगरपालिका-१३का सुरेश चौधरी जागिरे हुन्। प्रदेश सरकारका जागिरे उनी धान रोप्नामका लागि एक साता विदामा बसे। एक सातासम्म धान रोप्न विदामा बसेका चौधरी खेती नसकेरै काममा फर्कनु पर्यो। पानी अभाव र खडेरीका कराण उनले धान रोप्न सकेनन बरु ब्याड छिप्पीयो सुक्न थाल्यो।

स्थानीय किसना रमेश कार्कीको पनि पीडा त्यहीँ छ। कार्कीले असार १५ गतेदेखि खेत रोप्ने तयारी गरे तर असार सकिदासम्म पनि उनको खेतमा रोपाई हुन सकेको छैन। ‘सिँचाईको सहज व्यवस्था छैन’, ‘सबै खेती आकासे पानीको भरमा हो,’ उनले भने, ‘पानी पर्दैन कसरी रोप्नु? ब्याड सुक्न थालि सक्यो रोप्न पाइएको छैन।’

खड्काको मुख्य पेशा कृषि हो। उनले करिब १५ कट्ठा खेतमा धान खेती गर्छन। तर उनको खेत पनि पानीको अभावमा असार अन्तिमसम्म बाँझै छ। गतवर्ष असार २२ गतेभित्र धान रोपिसकेका खड्काले अहिले आधा पनि धान रोपेका छैनन्। केहि दिन अघि परेको वर्षातले रोपेको धान पनि सुक्न थालेको छ।

उनले पानीको अभावमा असार सकिनै लाग्दा पनि सबै खेतमा धान रोपाई गर्न सकेका छैनन्। ‘गतवर्ष अहिलेसम्म सबै धान रोपिसकिएको थियो, यसवर्ष त आधा पनि धान रोप्न पाएको छैन।’ उनले भने–‘पानी आउँछ कि भनेर दिनदिनै आकाशतिर हेर्यो तर पानी यतातिर पर्दैन।’ आकाशे पानीको भरमा धान खेती गर्ने गरेका उनले यसपाली समयमै धान रोपाई गर्न पाएनन्। समयमै धान रोपाई गर्न नपाएका कारण उत्पादन पनि घट्ने चिन्ता उनीमा छ। ‘न सरकारले मल दियो, न आकासले जल दियो ’ उनले भने–‘यसपाली धान उत्पादन ह्वात्तै घट्ने देखिन्छ, के गर्नु किसानलाई त कतैबाट केहि गरेपनि हुँदैन्।’ 

त्यस क्षेत्रमा कतै पानी बिनै जोतेको खेत छ त कतै खेतमा भर्खर रोपिएको धान छ। प्राय: सबै खेतमा धानको ब्याड रोप्न तयारी अवस्थामा छ। धेरै ठाउँमा सुकि सकेको ब्याड छ , तर पानीको स्रोत कतै नहुँदा अधिकांश खेत बाँझै छन्, रोपेको धान पानी नपाएर सुक्न थालेको छ। रोप्न बाँकी खेतमा पनि पानी अभावमा जोतेर राखिएको छ। व्याड राखेको खेतको छेउमा तुलसीपुर–१३ फूलबारी गणेश कुमार खड्का ब्याड हेरै बस्ने गरेको बताउछन्। 

सिँचाईको सुविधा नपुगेका कारण आकाशे पानीबाट धान खेती गर्दै आएका किसानले यसपाली असारको अन्तिम आइपुग्दा आधा पनि धान रोप्न पाएका छैनन्। फूलबारीका किसानलाई एकातिर मलको अभाव छ भने अर्कोतिर पानीको अभाव छ। पानी यसपाली समयमै नपरेका कारण तुई उपत्यकाका अधिकांश किसानले धान रोप्न पाएका छैनन्। पानीको अभावमा आफुहरुले यसपाली अझैसम्म धान रोप्न नपाएको तुलसीपुर–१३ का लिला केसीले बताईन्। उनको आफ्नै खेत छैन। तर उनले अधियाँ खेत लगाउँछिन्। गतवर्ष अधिँया धान खेतीबाट पनि राम्रै उत्पादन लिएकी उनले यसवर्ष समयमै धान रोप्न नपाएकोमा उत्पादन घट्ने चिन्तामा छिन्।

‘खेत आफ्नो छैन, अधिँया खेत लगाउँछौँ, तर त्यै पनि अहिलेसम्म रोप्न पाएको छैन।’ उनले भनिन,‘यसवर्ष न मल पाइयो, न पानी पर्यो, अहिलेसम्म पनि धान रोपिएको छैन।’ फूलबारीका पुष्पा सापकोटाले केहिदिन अघि परेको पानीले धान रोपिन्। तर पछिल्लो सातामा पानी नपरेपछि रोपेको धान सुक्न थालेको छ। ‘खेतमा जसोतसो धान रोपियो तर पानी नपरेपछि धान सुक्न थालेको छ।’ उनले भनिन,‘अझै केहि दिन पानी नपरेपछि अहिलेसम्म गरेका दुख सबै खेर जाने निश्चित छ ।’ तुई दाङ सुन्दर उपत्यका भएपनि सिंचाईको अभावमा हुँदा किसानले भनेजस्तो उत्पादन लिन पाउँदैनन्।

खेतीका लागि आकाशकै भर पर्नुपर्ने बाध्यता रहेको किसानको गुनासो छ। स्यालो ट्युबेलमार्फत केहि छिट्फुट रुपमा किसानले सामान्य सिंचाई सुविधा लिएपनि अधिकांश किसानले सिंचाईको सुविधा लिन पाएका छैनन्। कृर्षिका लागि भूमि उर्बर भएपनि पानीको अभावमा सोचेजस्तो उत्पादन हुन नसकेको अर्का स्थानीय डिलबहादुर रोकाले बताए। ‘आकाशबाट समयमै पानी परेपछि उत्पादन राम्रै हुन्छ।’ उनले भने,‘पानी आकाशबाट आएन भने त उत्पादन नै हुँदैन।’ सरकारले सिंचाई सुविधा दिन सकेपछि कृषिमा लाग्ने युवाहरु बिदेश जानुनपर्ने उनले बताए। ‘जग्गा जति भएपनि के गर्नु र ? उनले भने,‘सिंचाई बिनाका जग्गामा उत्पादन राम्रो हुँदैन्, अनि सबै जना बिदेशिनुपर्ने बाध्यता छ।’

दाङमा यस वर्ष ५० प्रतिशत हाराहारीमा रोपाई भएको छ। गत वर्ष यो समयमा ९० प्रतिसत माथि धान रोपाई भइरहेके कृषि ज्ञान केन्द्रले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.