अन्तर बैंक व्याजदर सीमा बढ्यो, निजी क्षेत्रको कर्जा वृद्धिदर १२.६ प्रतिशतमा सीमित

अन्तर बैंक व्याजदर सीमा बढ्यो, निजी क्षेत्रको कर्जा वृद्धिदर १२.६ प्रतिशतमा सीमित

काठमाडौं : नेपाल राष्ट्र बैंकले अन्तर बैंक व्याजदर सीमा बढाएर भारित औसत ७ प्रतिशतसम्म पुर्‍याएको छ। यसअघि ४ प्रतिशतको सीमामा राखिएको थियो ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार आर्थिक वर्ष २०७९/८०को मौद्रिक नीति सार्वजनिक गर्दै अन्तर बैंक व्याजदरको सीमा बढाएको जानकारी दिए। यद्यपी पछिल्लो समय बैंक तथा वित्तिय संस्थामा लगानीयोग्य पुँजी अभाव ( तरलता) भएकाले अन्तरबैंक व्याजदर १० प्रतिशत नाघेको थियो ।

बैंकहरुबीच लिने कर्जाको अन्तर बैंक नै दोहोरो अंकमा बढ्न थालेकाले अहिले यसलाई निश्चित सीमामा ल्याउन खोजेको हो । मूल्यमा परेको चाप र बाह्य क्षेत्रमा परेको चापलाई ध्यान दिँदै मौद्रिक नीति कसिलो तरिकाले ल्याइएको गभर्नर अधिकारीको भनाइ छ ।

अन्तर बैंकको भारित औसत व्याजदर ३ प्रतिशतले घट्न गएमा र साढे २ प्रतिशतले बढ्न गएमा भने बोलकबोलमार्फत व्याजदर निर्धारण गर्ने भएको छ । यो व्यवस्थाले कर्जा प्रवाह कसिलो हुने भएको छ । 

निजी क्षेत्रको कर्जा वृद्धिदर वार्षिक १२.६ प्रतिशत हुने भएको छ । यसअघि १९ प्रतिशत थियो। अन्तर बैंक व्याजदर औसत ७ प्रतिशत  रहने भएको छ । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.