सवारी दुर्घटनामा गाउँपालिका अध्यक्ष राई घाइते
सोलुखुम्बु : सवारी दुर्घटनामा परेर सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाका अध्यक्ष धनजन राईसहित ३ जना घाइते भएका छन्।
दुर्घटनामा परेर ५४ वर्षीय राई र नेचासल्यानकै ३२ वर्षीय झमक बहादुर विश्वकर्मा सामान्य घाइते भएका जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी निरीक्षक मोहन थापाले जानकारी दिए।
झापाबाट सोलुखुम्बु आउँदै गरेको प्रदेश नम्बर ३-०१-०२३ च ८०५८ नम्बरको बोलेरो आईतबार बिहान अन्दाजी १० बजे उदयपुरको त्रियुगा नगरपालिका-७ चिसापानीमा अनियंत्रित भै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
उनका अनुसार अध्यक्ष राईको बाँया कानको छेउमा सुनिएको छ भने विश्वकर्माको खुट्टा र हातको औलामा चोट लागेको छ। घाइतेहरुको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
बोलेरोमा ३ जना यात्रु सवार रहेका थिए। अन्यको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !